बिएल संवाददाता
चेतनारायण आचार्य नेतृत्वकाे लुम्बिनी प्रदेश सरकारमा एमालेबाट चार जना मन्त्री बन्दैछन्।
सरकारमा सहभागी हुनेहरुकाे नाम मंगलबार टुंगिएकाे र उनीहरुकाे बुधबार बिहान सपथ हुने एक नेताले बताए।
उनकाअनुसार भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु र सीता शर्मा (चाैधरी) मन्त्री बन्न लागेका हुन्। मन्त्री छनाेटमा महासचिव शंकर पाेखरेल समूह हाबी भएकाे छ।
रुपन्देहीका ढकाल र दाङकी चाैधरी महासचिव पाेखरेल निकट हुन्। भने, गुल्मीका पन्थी प्रदीप ज्ञवालीनिकट हुन्।
त्यस्तै पाल्पाका सारु उपाध्यक्ष विष्णु पाैडेलनिकट हुन्।
महासचिव पाेखरेलसमूह हाबी भएपछि उपाध्यक्ष पाैडेल समूहले मन्त्री छान्न बसेकाे बैठक बहिष्कार गरेकाे थियाे। बैठकमा पाैडेलनिकट नेताहरू लिला गिरी, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, मुख्य सचेतक तुलसी चाैधरी, भाेजप्रसाद श्रेष्ठलगायत सहभागी भएनन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया