बिएल संवाददाता
लसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले तुलसीपुर उपमहानगरपालिका–११ पिरगाउँ निवासी ५० वर्षीय बालाराम ओलीको मृत्यु भएको हो। आज दिउँसो १ बजेतिर घर नजिकै रहेको बारीमा मोटर लगाउने क्रममा तार ‘सर्ट’ भई करेन्ट लागेर घाइते भएका थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
यसैगरी, शुक्रबार बेलुका बाढीले अटो रिक्सा बगाउँदा बेपत्ता भएकी तुलसीपुर–४ निवासी ५५ वर्षीया सीता आले मृत भेटिएकी छन्। उनको शव आज बिहान ग्वारखोलामा भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए। शुक्रबार राति सवा ८ बजेतिर तुलसीपुरबाट खाद्रे जाँदै गरेको अटोरिक्सालाई तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाउँदा तुलसीपुर–४ खाद्रे निवासी ५५ वर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ वर्षीया मञ्जु खड्का खोलामा बेपत्ता भएका थिए। खड्कालाई भने अझै भेटाउन सकिएको छैन। अटोमा पाँच जना सवार थिए।
चालक तुलसीपुर–४ खाद्रे निवासी ४५ वर्षीय हरिकिसन विक, ३३ वर्षीया सुनिता थापा र सात वर्षीय सुशान्त आले भने खोला तर्न सफल भएका थिए।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया