बिएल संवाददाता
लसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले तुलसीपुर उपमहानगरपालिका–११ पिरगाउँ निवासी ५० वर्षीय बालाराम ओलीको मृत्यु भएको हो। आज दिउँसो १ बजेतिर घर नजिकै रहेको बारीमा मोटर लगाउने क्रममा तार ‘सर्ट’ भई करेन्ट लागेर घाइते भएका थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
यसैगरी, शुक्रबार बेलुका बाढीले अटो रिक्सा बगाउँदा बेपत्ता भएकी तुलसीपुर–४ निवासी ५५ वर्षीया सीता आले मृत भेटिएकी छन्। उनको शव आज बिहान ग्वारखोलामा भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए। शुक्रबार राति सवा ८ बजेतिर तुलसीपुरबाट खाद्रे जाँदै गरेको अटोरिक्सालाई तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाउँदा तुलसीपुर–४ खाद्रे निवासी ५५ वर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ वर्षीया मञ्जु खड्का खोलामा बेपत्ता भएका थिए। खड्कालाई भने अझै भेटाउन सकिएको छैन। अटोमा पाँच जना सवार थिए।
चालक तुलसीपुर–४ खाद्रे निवासी ४५ वर्षीय हरिकिसन विक, ३३ वर्षीया सुनिता थापा र सात वर्षीय सुशान्त आले भने खोला तर्न सफल भएका थिए।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया