बिएल संवाददाता
बाँकेमा फेरि आपराधिक घटनाहरू बढ्न थालेका छन्। सामान्य विवादमा बाँकेको राप्ती सोनारीका एकजना वडाअध्यक्षले स्थानीय युवामाथि धारिलो हतियार प्रहार गरेका छन्।
शनिबार राप्ती सोनारी गाउँपालिकाका वडा अध्यक्ष ‘ज्ञानु’ भनिने ज्ञानेन्द्र वली नेतृत्वको समूहले विनौनामा स्थानीय युवा सन्दीप विष्टमाथि आक्रमण गरेका छन्। अध्यक्ष आफैंले स्थानीय युवालाई सामान्य विवादमा धारिलो हतियार प्रहार गरेका थिए।
राप्ती सोनारी- २ का स्थानीय विष्टमाथि सोही वडाका वडा अध्यक्षसमेत रहेका वलीसहित नारायण डाँगी, नविन, लोके, ऋषी देवकोटालगायत करिव एक दर्जन युवा समूहले आक्रमण गरेका थिए।
आक्रमणमा परेका विष्ट र सुलभ मल्ल थप उपचाका लागि भारतको लखनउ रिफर भएका छन्। घट्ना लगत्तै घाइतेलाई नेपालगञ्जको नर्सिङ होममा प्रारम्भिक उपचार गरिएको थियो।
नेकपा (एमाले)बाट जनप्रतिनिधि निर्वाचित भएका आक्रमण गर्ने समूहका नाइके वडा अध्यक्ष वली पक्राउ परेको प्रहरीले जनाएको छ।
यसअघि पनि वली-डाँगी समूहले अनुराग शाहलगायतका युवामाथि आक्रमण गरेका थिए।
चक्रे मिलन उर्फ मिलन गुरुङको समूहमा आवद्ध रहेर विगतमा नेपालगञ्जको सोल्टी होटलमा हातहतियार प्रदर्शन गर्ने गरेको यो समूहले बाँकेमा लामो समयदेखि विभिन्न आपराधिक गतिविधि गर्दे आइरहेको प्रहरी बताउँछ।
पक्राउ परेका वडा अध्यक्ष वलीलाई कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनामा राखिएको छ। घाइते विष्टको पेट र करङ्गमा गम्भिर चोट देखिएपछि थप उपचारका लागि लखनउ रिफर गरिएको छ।
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)
चलचित्र ‘रोल नं १’: बुबाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया