बिएल संवाददाता
नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा चेतनारायण आचार्य चयन भएका छन्। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका आचार्य यसअघि संसदीय दलका उपनेता रहेका थिए।
शनिबार प्रदेश इन्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा मुख्यमन्त्रीको कार्यलयमा बसेको प्रदेश संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको हो।
यसअघि एमाले लुम्बिनी संसदीय दलको नेता लिला गिरी थिए। पार्टी महासचिव शंकर पोखरेलनिकट मानिने आचार्यलाई मुख्यमन्त्री बनाएको भन्दै गिरीले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए। गिरी आजको बैठकमा सहभागी नभएको बताइएको छ।
आज बसेको बैठकले संसदीय दलको उपनेतामा भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ। संसदीय दलको नेता चयन भइसकेपछि आचार्यले प्रमुख सचेतकमा तुल्सीप्रसाद चौधरी र सचेतकमा यमुना रोका तामाङलाई नियुक्त गरेका छन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया