बिएल संवाददाता
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले प्रदेशबासीलाई विकासको प्रत्याभुत हुने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन। मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा मन्त्री न्यौपानेले आमनागरिकलाई मन्त्रालय र समग्र सरकारको प्रत्याभुत हुने गरी काम गर्न निर्देशन दिएका हुन्।
कार्यक्रममा सहभागी मन्त्रालय मातहतका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुलाई प्रदेशमा उद्योग संचालनको उचित वातावरण निर्माण गरिनुपर्ने र यसले समग्र प्रदेशको आर्थिक स्तरवृद्धि हुने भएकाले स्वरोजगारको बाटो पहिल्याउने गरी काम गर्न निर्देशन दिए।
उद्योग कार्यालयमार्फत् सीप विकासका कार्यक्रमलाई जोड दिइनुपर्ने भन्दै मन्त्री न्यौपानेले भने, ‘सीप विकासका कार्यक्रम संचालन गरेर नगारिकलाई स्वरोजगार बनाउन सकिन्छ, फलतः यस्ता कार्यक्रमलाई जोड दिइनु पर्छ।’
सीपमुलक कार्यक्रमले नागरिकलाई दक्षता प्रदान गर्ने र रोजगारको सिर्जनासमेत गर्ने भन्दै मन्त्री न्यौपानेले नागरिकलाई रोजगारमा जोड्ने खालका कार्यक्रमलाई प्राथमिकतामा राख्न आग्रह गरे।
नयाँ योजना र कार्यक्रम संचालनका लागि नियमित छलफल र संवाद अपरिहार्य रहने भन्दै मन्त्री न्यौपानेले नयाँ-नयाँ योजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
प्रदेशमा अहिले नयाँ उद्योग खुल्नेभन्दा बन्द हुने संख्या बढ्दै जानु दुखद रहेको भन्दै मन्त्री न्यौपानेले उद्योगलाई चलायमान कसरी बनाउन सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाइनुपर्ने बताए।
कार्यक्रममा प्रदेशका उद्योग कार्यालयका प्रमुखहरुले कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया