जेलेन्स्कीको स्वीकारोक्ति- अमेरिका र ट्रम्पको साथबिना युक्रेनको यात्रा कठिन छ
ट्रम्पसँगको तनावपूर्ण वार्तापछि अमेरिकी टेलिभिजन फक्स न्यूजसँग कुराकानी गर्दै जेलेन्सकीले युक्रेनलाई रूसको ठूलो र राम्रो सशस्त्र सेनाविरुद्धको लडाइँमा वासिङ्टनको सहयोगको खाँचो रहेको बताए। उनले अमेरिका र युक्रेनबीचको सम्बन्ध ‘दुई राष्ट्रपतिका लागि भन्दा माथि’ रहेको बताउँदै भने, ‘अमेरिका र ट्रम्पको समर्थन बिना यो यात्रा पक्कै कठिन हुनेछ।’ उनले अमेरिका र ट्रम्पसँगको आफ्नो सम्बन्ध अझै सुधार गर्न सकिने बताए। फक्स न्युजले ‘ट्रम्पसँगको सम्बन्ध सुधार गर्न सकिन्छ?’ भनेर सोधेको प्रश्नमा जेलेन्स्कीले भने, ‘पक्कै पनि सकिन्छ।’
बिएल संवाददाता - अमेरिका