आइतबार, ०९ अगस्ट २०२६

प्रदूषित शीर्ष स्थान पछिको काठमाडौँ सहर (तस्बिरहरु)

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडौँ
News Image
• • •

मंगलबार काठमाडौँको वायु प्रदूषण उच्च रहेको छ। आईकयू एयरले जारी गर्ने सूचीमा बिहान ७ बजेको मापनमा काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीको शीर्ष स्थानमा पुगेको हो।

काठमाडौँको एक्यूआई २६२ रहेको छ। यसलाई निकै अस्वस्थ मानिन्छ। ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ। काठमाडौँको हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३७.५ गुणा बढी रहेको छ।

वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको संख्या पनि बढेको छ। विज्ञहरूले बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन्। हाल पाटन, रत्नपार्क, रविभवनलगायत क्षेत्रमा प्रदूषण उच्च रहेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!