स्वास्थ्य सचिव नियुक्तिको रस्साकस्सी, समावेशीकरणले सहज
नेपालको प्रशासनिक इतिहासमा कामु मुख्यमन्त्री लिलादेवी गड्तौलालाई मुख्य सचिव बनाएर समावेशीकण बलियो उदाहरण बनेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य सचिवमा पनि मधेशी मुलकी महिलालाई नियुक्त गर्न दबाब परेको छ। मन्त्रिपरिषदमा रहेका बहुसंख्यक मन्त्रीहरूले पहिलो नम्बरमा रहेकी डा. मिश्रालाई सचिवमा नियुक्त गर्दा संवैधानिक र राजनीतिक रुपमा पनि जस पाइने भएकाले विवेक पुर्याउन ओलीलाई सुझाव दिइरहेका छन् । निजामती सेवामा सबै जाति, वर्ग, क्षेत्र र लिङ्गको प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक व्यवस्था भएपनि हाल निजामती सेवामा २८.७ प्रतिशत मात्र महिला रहेकाले समावेशी एवम समानताको सिद्धान्त र मेरिटका आधारमा पनि महिला सचिव नियुक्त गर्दा उदाहरणीय हुने भएकाले ओलीलाई उनी निकटका नेताहरूले सुझाव दिइरहेको सचिवालय स्रोतले जनाएको छ ।
बिएल संवाददाता - काठमाडौं