बिएल संवाददाता
नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने पक्राउ परेपछि प्रतिक्रिया दिएका छन्।
उनले शनिबार सामाजिक सञ्जालमार्फत रवि गृहमन्त्री हुँदा पक्राउ पूर्जी काट्ने ‘रीति, थिति’ कस्तो थियो भन्ने सबैलाई जानकार रहेको र विशेषगरी रास्वपाका नेताहरूलाई थाहा नहुने कुरै नरहेको दाबी गरेका छन्।
उनले जे भएपनि यस्तै बेला सुधारको खोजी हुनु स्वाभाविक रहेको पनि प्रतिक्रिया दिएका छन्।
उनले भनेका छन्, ‘प्रहरीको पूर्जी काट्ने ‘रीति र थिति’ रविजी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने रास्वपाका नेताहरूलाई थाहा नहुने कुरै भएन। तर पनि ‘सुधार’को खोजी यस्तै बेलामा हुने त हो नि!’
उच्च अदालतले रविलाई थुनामा पठाउने आदेश गरेसँगै उनी शनिबार राति नै पक्राउ परेका थिए। पक्राउ पूर्जीबिनै पक्राउ गर्न खोजिएपछि प्रहरीको आलोचना भइरहेको छ। प्रहरीले रविकै घरमा पूर्जी लेखेर पक्राउ गरेको थियो।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया