बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेलाई चितवनको कार्यक्रमा बोल्न नदिन रातारात पक्राउ गरिएको दाबी गरेका छन्।
चितवनमा आयोजित जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामिछानेलाई दुनियाँकै ठूलो अपराधी जस्तो गरेर धरपकड गरेको आरोप लगाए।
उनले लामिछानेविरुद्ध आएको हिजोको फैसला बहस सकिएको दुई घण्टामा लेखिसक्ने सम्भावना नरहेको दाबी गर्दै पहिले नै तानाबाना बुनिएको दाबी पनि गरे।
उनले भने, ‘७ बजेतिर फैसला आउने, दुनियाँकै ठूलो अपराधीलाई जस्तो गरी, आकाशै खस्ला जस्तो गरेर धरपकड गरियो, त्यो निन्दनीय छ। हाम्रो पार्टीले १२ बजे सचिवालयको बैठक राखेर त्यसको भर्त्सना गरेको छ। आज रविजीसँग कुरा भएको थियो, हिजो के-के न होला जस्तो भनेर ल्याएका थिए, यहाँ दालभात खुवाएर राखेका छन्, आज पनि बिदा, भोलि पनि बिदा त्यसैले चितवनमा बोल्न नदिन नै सारा राज्य लागेको भन्ने प्रमाणित भएको छ।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया