बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेलाई चितवनको कार्यक्रमा बोल्न नदिन रातारात पक्राउ गरिएको दाबी गरेका छन्।
चितवनमा आयोजित जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामिछानेलाई दुनियाँकै ठूलो अपराधी जस्तो गरेर धरपकड गरेको आरोप लगाए।
उनले लामिछानेविरुद्ध आएको हिजोको फैसला बहस सकिएको दुई घण्टामा लेखिसक्ने सम्भावना नरहेको दाबी गर्दै पहिले नै तानाबाना बुनिएको दाबी पनि गरे।
उनले भने, ‘७ बजेतिर फैसला आउने, दुनियाँकै ठूलो अपराधीलाई जस्तो गरी, आकाशै खस्ला जस्तो गरेर धरपकड गरियो, त्यो निन्दनीय छ। हाम्रो पार्टीले १२ बजे सचिवालयको बैठक राखेर त्यसको भर्त्सना गरेको छ। आज रविजीसँग कुरा भएको थियो, हिजो के-के न होला जस्तो भनेर ल्याएका थिए, यहाँ दालभात खुवाएर राखेका छन्, आज पनि बिदा, भोलि पनि बिदा त्यसैले चितवनमा बोल्न नदिन नै सारा राज्य लागेको भन्ने प्रमाणित भएको छ।’
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया