बिएल संवाददाता
आफ्ना सभापतिलाई उच्च अदालतले थुनामा पठाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उच्चको आदेशविरुद्ध सर्वोच्च जाने तयारी गरेको छ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतबाट एक करोड धरौटीमा रिहा भएका लामिछानेलाई शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको थियो।
अदालतको आदेशसँगै प्रहरीले शुक्रबार राति नै लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी रुपन्देही लगिसकेको छ।
लामिछानेलाई सोमबार अदालतमा हाजिर गराउने प्रहरीले तयारी गरेको छ। अदालतमा उपस्थित गराएपछि लामिछाने कारागार चलान हुनेछन्। त्यसपछि रास्वपाले सर्वोच्चको ढोका ढक्ढक्याउने तयारी गरेको उपसभापति डा.स्वर्णिम वाग्लेले बताए।
शनिबार पार्टीले चितवनमा आयोजना गरेको जनयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामिछानेकै सल्लाहबमोजिम सर्वोच्च जाने तयारी भइरहेको बताए।
उनले भने, ‘रविजीकै सल्लाहबमोजिम अघि बढ्छौँ। अहिलेको यो गैरकानुनी प्रतिशोधपूर्ण देखिने जुन अभ्यास भएको छ। पर्सि सोमबार त्यसलाई सर्वोच्च अदालतमा लैजान्छौं।’
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया