अमेरिकास्थित जर्जियाको विद्यालयमा गोली चल्दा २ शिक्षक र २ विद्यार्थी मारिए
अमेरिकाको जर्जियास्थित एउटा उच्च माध्यमिक विद्यालयमा गाेली चल्दा कम्तीमा ४ जना मारिएका छन्। एटलान्टा शहरबाट ७० किलोमिटर टाढा रहेको विन्डरस्थित अपलाची उच्च माध्यमिक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा २ शिक्षक र २ विद्यार्थीको मृत्यु भएकाे छ। र, ३० भन्दा बढी शिक्षक–विद्यार्थी घाइते भएका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले जनाएका छन्। घटना नेपाली समयअनुसार बुधबार राति लगभग ८ बजेतिरको हो।
बिएल संवाददाता - जर्जिया