बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल प्रहरीका आईजीपी दीपक थापा एमालेको कार्यकर्ता भएको आरोप लगाएका छन्।
तीनकुनेको हिंसात्मक आन्दोलनपछि प्रहरीले कतिपय सूचना लुकाएको र झुटा सूचना सम्प्रेण गरेको आरोप लगाउँदै उनले प्रहरीलाई राजनीतिक दलको भातृ संगठन नबन्न चेतावनीसमेत दिए।
मंगलबार पार्टीले बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्नै लिङदेनले आईजीपी थापा एमालेको युवा संघको सहअध्यक्ष जस्तो देखिएको टिप्पणी गरेका हुन्।
उनले भने, ‘गृहमन्त्रीले आदेश दिए होलान् अनि प्रहरी चले होलान् भनेको त अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ त ल हेर्नुस् त। ए! हामीले भेटेका खोकाहरू, अश्रुग्यासका बोक्राहरू जहाँ एक्पायरी डेट २००८, २०१० लेखेको छ त्यो नक्कली हो?’
त्यस्तै उनले आन्दोलनकारीले बोकेर ल्याएको प्रमाणित गर्न चुनौतीसमेत दिए।
उनले भने, ‘दूर्गा प्रसाईंहरूले बोकेर ल्याएर हानेको अश्रुग्यास हो त्यो? अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक के भन्छ?- हामीले हानेको अश्रुग्यास कसरी डेट एक्पायर भएको हुन्छ भनेर भन्छ ल!’
उनले प्रहरीलाई कुनै राजनीतिक दलको भातृ संगठन नबन्न चेतावनीसमेत दिए।
उनले भने, ‘म भन्न चाहन्छु प्रहरी प्रहरी भएर बस्नुपर्छ कुनै राजनीतिक दलको भातृ संगठन बनेर बस्ने होइन। तपाईंलाई त्यो फूली लाइदिने र सिफारिस गरिदिने दलका नाइकेहरू सँधै सत्तामा हुँदैनन्। र तिनीहरूको सँधै हालीमुहाली चल्दैन। यो कुरा याद राख्नु।’
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया