बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित २० जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले उनीहरूलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका उनीहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।
उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको छ। यसअघि उनीहरूलाई दुईपटक क्रमशः ५ दिन र ६ दिन म्याद थप गरिएको थियो।
त्यस्तै सोही घटनामा आपराधिक उपद्रव र संगठित अपराध कसुरमा पक्राउ परेका ५३ जनालाई थप २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया