शनिबार, १५ नोभेम्बर २०२५

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष विपक्षी दलकाे निष्कर्ष

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा संसद भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष निकालेकाे हाे। त्यस्तै बैठकले सभामुखलाई बिहीबारको घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद बैठक २ बजेका लागि सारियाे

प्रतिनिधिसभाको बैठक दिउँसाे २ बजे बस्ने भएको छ। आज बिहान ११ बजे बस्ने भनिएकाे बैठक २ बजेका लागि सारिएको हो। सत्तारुढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि बैठक सारिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मौद्रिक नीति समीक्षा: सवारी कर्जाको जोखिमभार घट्यो, घरजग्गा खरिदलाई सहजीकरण

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान एक सय २५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका कर्जाको जोखिमभार घटाई एक सय प्रतिशत कायम गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदकाे गतिरोध अन्त्यका लागि बानेश्वरमा प्रतिपक्ष दलबीच छलफल

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा भएको उक्त बैठकमा संसदमा हाल देखिएको गतिरोध अन्त्यका सम्बन्धमा प्रतिपक्ष दलको साझा धारणा बनाउने विषयमा छलफल केन्द्रित हुने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निजी क्षेत्रलाई प्रधानमन्त्रीले भने- १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, ढुक्क भएर उत्पादन गर्नुस्

‘छिमेकी राष्ट्र भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता गरेका छौँ। त्यसैगरी भारतको प्रसारण लाइन हुँदै बङ्गलादेशसँग विद्युत् व्यापार गरिनेछ’, प्रधानमन्त्री दाहालले भने, ‘मेरो कार्यकालमा यति महत्वपूर्ण सम्झौता गर्ने अवसर मिलेको छ। यो नेपालको जलविद्युत् क्षेत्रको इतिहासमा मात्र नभएर समृद्धितर्फको यात्रा, सङ्कल्प र अभियानका दृष्टिले समेत ऐतिहासिक सफलता हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ

कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्नुपर्ने कांग्रेसले माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेठ ७ गते विश्वासको मत लिने प्रधानमन्त्रीकाे तयारी

प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएकाे सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बस्नेछ। बिहीबार भएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अब संसदीय समिति बन्दैनः रास्वपा 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबन्ने बताएको छ। संसद बैठकपछि रास्वपाका सांसद मनिस झाले पत्रकारसँग कुराकानी गर्दै काँग्रेसले देखाएको व्यवहारकै कारण अब संसदीय समिति नबन्ने बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

संसदमा कांग्रेसकाे नाराबाजी, बैठक स्थगित

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने कांग्रेसको माग छ। सोही माग दोहोर्याएर कांग्रेसका सांसदहरू संसदको वेल घेराउ गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डा. गोविन्द केसीले ताेडे अनसन

विभिन्न माग राखेर ६ दिनअघि अनसन बसेका केसीले बिहीबार पत्रकार सम्मेलन गरेर अनसन ताेडेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहित ४ बुँदे माग राखेर डा. केसी पशुपतिकाे मृगस्थलीमा २२औँ अनसन बसेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदीय समिति बनाउने विषयमा जुटेन सहमति भएन, कांग्रेसले अवरोध जारी राख्ने

सहकारी हिनामिना प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै कांग्रेसले सदनमा अवरोध जारी राख्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र सहकारीबारे छानबिन गर्ने प्रस्ताव राखे पनि कांग्रेसले अस्वीकार गरेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जलवायु परिवर्तन अनुकूल कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन अर्थात एक करोड ३० लाख युरो अनुदान सहायत स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेकपा एसको १८ बुँदे प्रस्ताव- गृहमन्त्रीमाथि छानबिन समिति गठनदेखि विपिन जोशीलाई फिर्ता ल्याउनेसम्म

‘इजरायलमा अध्ययन गर्न गएका नेपालका विपिन जोशी लामो समयदेखि हमासको कब्जामा रहेको भन्ने कुरा सार्वजनिक भएको छ। यो बैठक उहाँलाई सकुसल मुक्तगर्न सम्बन्धित अधिकारीहरू समक्ष अपिल गर्दछ र निजलाई सकुसल नेपाल फिर्ता ल्याउन पहल गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गर्दछ’,पार्टीकाे प्रस्तावमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘राजाको धम्कीसँग नडराएको कांग्रेस कुनै राजनीतिक दलको धम्कीसँग डराउँदैन’

‘कसैले पानी, मकै, चियाे बेचेर सहकारीमा राखेको पैसा हिनामिना हुँदाखेरि जनता सडकमा आए, हामीहरूले संसदमा ती कुरालाई स्पष्ट राखिदिएका हाैँ’, उनले भने, ‘कुनै पनि राजनीतिक दलले नेपाली कांग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ, राजाको धम्की नेपाली कांग्रेसले डराएन भने कुनै राजनीतिक दलको धम्कीमा पनि हामी डराउँदैनौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले गृहमन्त्रीलाई संसदमा बोल्न दिने

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बाेल्न दिने निर्णय गरेकाे हाे। कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गरेर संसद बैठक अवरोध गर्दै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्। नेपाली काँग्रेस र नाउपाका बहुमत सांसदहरुको नाराबाजीका बीच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी