बिएल संवाददाता
चिनियाँ राष्ट्रपति सी चीनफिङले अमेरिकाले सुरु गरेको ‘कर युद्ध’मा कसैले पनि नजित्ने बताएका छन्।
‘यो कसैले जित्ने युद्ध होइन। संसारको नियमविपरीत जानु भनेको बरु आफैले हार्नु हो’ शुक्रबार स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजसँगको भेटका क्रममा उनले भनेका थिए।
चीनको यो आर्थिक र सामाजिक बिकासमा ७ दशकको संघर्षसँगै आफ्नो स्वाभिमान पनि उत्तिकै रहेको भन्दै सीले कसैको दबाव वा दादागिरीका सामु चीनले कहिल्यै ‘दया’को भीख नमाग्ने चेतावनी पनि उनले दिए।
चीनसँग ब्यापारवृद्धिका तमाम बाटाहरू भएको भन्दै उनले विश्वका अरु साझेदारहरूसँग अघि बढ्नका लागि चीन दृढ रहेको पनि बताएका छन्।
उनले युरोपियन युनियनलाई अमेरिकाको एकल दादागिरीका विरुद्ध एकजुट भएर लड्न पनि अपिल गरेका छन्।
‘चीन र ईयू सबैभन्दा ठूला ब्यापारिक साझेदार हुन्’ उनले भनेका छन् ‘अब हामी कसैको एकल दादागिरी र एकपक्षीय धम्कीका विरुद्ध सामूहिकरुपले लड्नुपर्ने भएको छ।’
अमेरिकाले चिनियाँ सामग्रीमाथि १४५ प्रतिशत कर वृद्धि गरेको छ। त्यसको जवाफमा चीनले पनि अमेरिकी सामानमाथि १२५ प्रतिशत कर लगाउने घोषणा गरेको छ।
दुई देशबीच चलिरहेको कर युद्धका बीच चिनियाँ राष्ट्रपति सी चीनफीङ भने सोमबार तीन देशको भ्रमणमा निस्किने भएका छन्।
उनले भियतनाम, मलेसिया र कम्बोडियामा लगभग पाँच दिन बिताउनेछन्। पूर्वी एशियाली यी राष्ट्रहरू चीनका ब्यापारिक साझेदार पनि हुन्।
अमेरिकासँगको ब्यापारमा तिक्कता आउन थालेपछि चीनले एशिया र युरोपेली राष्ट्रहरूमा आफ्ना नयाँ बजार विस्तार गर्न खोजिरहेको छ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ब्यापार एकाधिकारविद्ध अन्तिमसम्म लड्ने घोषणा पनि चीनले गरेको छ।
‘चीनको अडान स्पष्ट र अविच्छिन्न छ। अमेरिकाबाट सुरु भएको कर युद्धको सामना गर्दै चीनले पटक-पटक दोहोर्याएको छ - वार्ता गर्ने हो भने ढोका खुला छ, लड्ने हो भने अन्त्यसम्म लड्नेछ’ चीनले भनेको छ।
एकसातामै तीनपटक भन्सार करमा अदलबदल गरेर अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी बजारमा छिर्ने चिनियाँ बस्तुहरूमाथि १४५ प्रतिशत भन्सार कर लगाउने घोषणा गरेपछि चीनले पनि अमेरिकी सामानमा कर वृद्धिको घोषणा गरेको छ।
चिनियाँ वाणिज्य मन्त्रालयले कर वृद्धिको घोषणा गर्दै चीन सबै आफ्नो धारणा र दायरामा स्पस्ट अनि अडिग रहेको प्रस्ट पारेको छ।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया