बिएल संवाददाता
नेपाली काँग्रेसका नेता शेखर कोइरालाले नेपाली काँग्रेस सहभागी भए पनि सरकारलाई खबरदारी गरिरहनुपर्ने बताएका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली काँग्रेसले नै खबरदारी नगरेर काँग्रेस नै अप्ठ्यारोमा पर्ने चेतावनी पनि उनले दिए।
‘नेपाली काँग्रेस पनि सरकार छ। तर मैले भन्ने गरेको छु, काँग्रेस सत्ता छ, सरकारमा छैन। एमाले नै कुनै ठाउँमा नेपाली काँग्रेसको प्रतिस्पर्धी हो। त्यसैले अहिले यो सरकारलाई हामीले खबरदारी गर्नुपर्छ भनेको हो। नत्र काँग्रेस नै अप्ठ्यारोमा पर्छ’ बिपी स्मृति अस्पतालको एउटा कार्यक्रममा कोइरालाले भने।
कोइरालाले ओलीलाई सरकारको नेतृत्व दिँदा भएका सहमतिहरूअनुसार अब संविधान संशोधनमा ढिलाइ भइसकेको र तत्काल त्यसलाई अघि बढाउनुपर्ने धारणा पनि राखे।
‘हामीले कामकारबाहीका लागि जति ढिला गर्छौं उति नै आक्रोश बढ्ने हो अनि सडकमा त्यो आक्रोश पोखिन्छ’ कोइरालाले भने ‘सरकारले सुशासन दिन सकेको छैन। भ्रष्टाचारको त कुरै नगरौं। हामीले त्यसलाई सम्बोधन गर्नुपर्छ।’
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया