बिएल संवाददाता
नेपाली काँग्रेसका नेता शेखर कोइरालाले नेपाली काँग्रेस सहभागी भए पनि सरकारलाई खबरदारी गरिरहनुपर्ने बताएका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली काँग्रेसले नै खबरदारी नगरेर काँग्रेस नै अप्ठ्यारोमा पर्ने चेतावनी पनि उनले दिए।
‘नेपाली काँग्रेस पनि सरकार छ। तर मैले भन्ने गरेको छु, काँग्रेस सत्ता छ, सरकारमा छैन। एमाले नै कुनै ठाउँमा नेपाली काँग्रेसको प्रतिस्पर्धी हो। त्यसैले अहिले यो सरकारलाई हामीले खबरदारी गर्नुपर्छ भनेको हो। नत्र काँग्रेस नै अप्ठ्यारोमा पर्छ’ बिपी स्मृति अस्पतालको एउटा कार्यक्रममा कोइरालाले भने।
कोइरालाले ओलीलाई सरकारको नेतृत्व दिँदा भएका सहमतिहरूअनुसार अब संविधान संशोधनमा ढिलाइ भइसकेको र तत्काल त्यसलाई अघि बढाउनुपर्ने धारणा पनि राखे।
‘हामीले कामकारबाहीका लागि जति ढिला गर्छौं उति नै आक्रोश बढ्ने हो अनि सडकमा त्यो आक्रोश पोखिन्छ’ कोइरालाले भने ‘सरकारले सुशासन दिन सकेको छैन। भ्रष्टाचारको त कुरै नगरौं। हामीले त्यसलाई सम्बोधन गर्नुपर्छ।’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया