बिहिबार, ३० अप्रिल २०२६

एमालेलाई समाप्त पार्ने खेल भइरहेको छ: शंकर पोखरेल (भिडियाे)

‘आजको दिनमा भ्रम छरेर एमालेलाई समाप्त गर्ने कोसिस गरिरहेको छ’, महासचिव पोखरेलले भने, ‘तर, हामी त्यो हुन कदापि दिने छैनौँ।’ उनले एमालेले विगतमा गरेका कामहरुको स्मरण गराउँदै अहिले पनि त्यही गतिमा काम गर्न खोजेको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्ताकाे नेतृत्व गरेकाे एमाले नै सडकमा पुगेपछि...(तस्बिरहरू)

जागरण सभा नाम दिएर एमालेले शुक्रबार काठमाडाैँमा शक्ति प्रदर्शन गरेकाे हाे। काठमाडौँका विभिन्न ठाउँबाट र्‍याली निकालेकाे एमालेले अहिले दरबारमार्गमा पुगेर सभा गरिरहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रसुवाबाट २ किलाे सुनसहित लामा पक्राउ

प्रहरीले रसुवाबाट सुनसहित एक युवकलाई पक्राउ गरेको छ। कालिका गाउँपालिका-१ ग्राङबाट २ किलो सुनसहित गोसाईकुण्ड गाउँपालिका-३ घर भएका ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरु अन्दोलित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लामो समयदेखि स्थायी रुपमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको स्तरवृद्धि तथा नियमावली अनुसारको तलब र भत्ता नपाएको भन्दै उनीहरु उच्च अदालत सुर्खेत जुम्ला इजलास पुगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँका ३ स्थानमा प्रदर्शन हुँदा ट्राफिक व्यवस्थापनमा समस्या

आज दिउँसाे दरबारमार्ग, माइतीघर, बालकुमारी र जावलाखेल एरियामा सवारी साधनको आवागमनमा प्रभाब पर्ने उपत्यका ट्राफिक कार्यालयले जनाएकाे छ। यस क्षेत्र भएर चल्ने सवारी साधानलाई वैकल्पिक सडकको प्रयोग गर्ने पनि ट्राफिक प्रहरीकाे आग्रह छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कर्मचारीसँग असन्तुष्ट प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुश गर्ने गरी काम गर्न निर्देशन दिए। प्रधानमन्त्री ओलीले देश विकास गर्ने प्रतिबद्धताका साथ लागेर स्वच्छ र पारदर्शीरुपमा काम गर्न आग्रह गर्दै सुशासन कायम, राजस्व चुहावट नियन्त्रण, गरिबी निवारण, मुलुकको छवि अन्तर्राष्ट्रियस्तरमा अभिवृद्धि र साधन स्रोतको उपयोग बढाउने गरी काम गर्न स्पष्ट निर्देशन  दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आज एमालेले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

जागरण सभा नाम दिइएको प्रदर्शनमा एक लाख हाराहारी मानिस उतार्ने एमालेको तयारी छ। प्रदर्शनमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीहरू मुख्य आयोजक, विभिन्न जनसंगठन, पेसागत संगठन, सम्पर्क समन्वय कमिटी र विभागहरूको सहभागितामा रहने एमालेले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ट्रम्पका तीन मनोनयनमाथि 'यौन मामिला', गेजले लिए नाम फिर्ता

अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले मनोनयन गरेका रक्षामन्त्री हिसगेथ, शिक्षामन्त्री लिण्डा र महान्यायाधिवक्ता गेजमाथि यौन मामिलाका गम्भीर आरोप लागेका छन्। यसैबीच तीन मनोनयनमध्ये महान्यायाधिवक्तामा मनोनित गेजले अप्रत्यासित रूपमा आफ्नो नाम फिर्ता लिएका छन् । यसबाट ट्रम्पको समस्या केही कम भए पनि बाँकि दुईको भविष्यलाई लिएर उनको सकस कम भएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता -

२० मिटर खाेला मापदण्डमा सरकारको पक्षमा सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्डकाे विषयमा सरकारका पक्षमा आदेश दिएकाे छ। बिहीबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेको पूर्ण इजलासले सरकारको पक्षमा आदेश सुनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल एयरलाइन्सले घटायाे अन्तर्राष्ट्रिय हवाई भाडा

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको लागि बजार भाडादरमा २५ सयसम्म छुट दिइएकाे छ। यसैगरी दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता सेक्टरको लागि बजार भाडादरमा ५ हजारसम्म छुट दिइएकाे निगमले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

करिब १७ प्रतशितले राजस्व वृद्धि,कर सङ्कलनको सिस्टम ब्रेक गर्न खोज्नेलाई कारवाही

चालु वर्षको प्रथम चार महिनाको साउन, भदौ, असोज र कार्तिकमा ४ खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ अर्थात् लक्ष्यको करिब ८० प्रतिशत राजस्व संकलन भएको छ। यो गत वर्षको यसै अवधिको राजस्व सङ्कलनको तुलनामा १६.८५ प्रतिशत वृद्धि बढी हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली नेताहरुको जम्बो टोली किन पुग्याे कम्बोडिया?

आफूलाई अभियन्ता बताउने दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका एमाले नेताहरुले कम्बोडियामा ३२ अर्ब लगानी गरिएको भन्ने हल्ला फिजाएका थिए। त्यसपछि लगत्तै नेताहरुको कम्बोडिया भ्रमण हुँदा सामाजिक सञ्जालमा चासो देखिएको थियो। प्रसाईं भने हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ग्रेटर नेपालका अभियन्ता नेपाल पक्राउ

शान्ति सुरक्षामा खलल पुर्‍याउने देखिएपछि उनलाई पक्राउ गरिएकाे काठमाडौँ प्रहरी परिसरले जानकारी गराएकाे छ। उनलाई केही दिनपछि छाडिने जनाइएकाे छ। यसअघि पनि उनी पटक–पटक पक्राउ पर्दै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१४ न्यायाधीशको सरुवा, काे कहाँ? (सूचीसहित)

जसअनुसार उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेललाई उच्च अदालत विराटनगरको इलाम इजलासमा काज सिफारिस गरिएको छ भने उच्च अदालत तुलसीपुरकी न्यायाधीश रेखा पाण्डेलाई उच्च अदाल विराटनगरको इलाम इजलासमा काज सिफारिस गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खोला किनारकाे मापदण्ड खारेजीको माग गर्दै र्‍याली, बालेनलाई निषेध गर्ने चेतावनी (फाेटाे/भिडियाे)

भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजीको माग गर्दै र्‍याली निकालेको छ। बिहीबार ललितपुरको कुपण्डोल पुलबाट कंकेश्वरी मन्दिर परिसर इनाटोलमा भेला भएर माइतीघरसम्म खबरदारी र्‍याली गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज (बिहीबार) अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्नेछ। बैठकले सरकारका कारबाहीका विषयमा विभिन्न निर्णय गर्ने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बीपी राजमार्ग रातको समयमा ७ घण्टा बन्द हुने

गत असोज ११ र १२ गतेको बाढी पहिरोले क्षतिग्रस्त भएको बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ। सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म दैनिक ७ घण्टा बन्द हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

उपनिर्वाचन: ३१ जनाको उम्मेदवारी फिर्ता, ३७६ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान

निर्वाचन आयोगले बुधबार प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीअनुसार सो प्रतिस्पर्धा हुन लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडाैँकाे वायु प्रदूषणमा सुधार, दिल्ली र लाहाेर आक्रान्त

एयर क्वालिटी इन्डेक्सका अनुसार केही दिनअघिसम्म काठमाडाैँ सबैभन्दा बढी वायु प्रदूषण हुने विश्वका सहरहरुमा १०औँ स्थानमा थियाे। भने, अहिले त्याे सुधार भएर १७औँ स्थानमा झरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकामा १६,७४२ नेपाली विद्यार्थी, विदेशी विद्यार्थीको १०औं स्थानमा नेपाल

अमेरिकामा पढ्ने नेपाली विद्यार्थीको संख्या १६ हजार सात सय ४२ पुगेको छ। यो संख्या गत वर्षको तुलनामा १०.९ % ले बढी हो।यो संख्यासँगै नेपाल अमेरिकामा विदेशी विद्यार्थी संख्यामा १०औं स्थानमा उक्लेको छ।अहिले अमेरिकामा रहेका कूल विदेशी विद्यार्थीको १.५% नेपाली विद्यार्थी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी