बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले शिक्षकहरूको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित इद मिलन तथा नववर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा उनले शिक्षक आन्दोलनको बारेमा सरकारसँग छलफल गरेको भन्दै यसलाई छिट्टै मिलाएर शिक्षक आन्दोलनलाई रोक्नुपर्ने बताए।
उनले भने, ‘शिक्षक आन्दोलनको बारेमा सरकारसँग मैले कुरा गरेको छु। छिट्टै मिलाएर आन्दोलनलाई रोक्नुपर्छ। शिक्षकहरूको माग के हो? त्यो पूरा गर्न पनि सरकारको ध्यान जानुपर्छ।’
यस्तै, उनले नेपालको संविधान अत्यन्तै राम्रो संविधान भएको भन्दै यसमा सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता रहेको बताए।
उनले भने, ‘हाम्रो देश समानुपातिक समावेशीको आधारमा अगाडि बढिरहेको छ। यसमा मुस्लिम समाजको पनि प्रतिनिधित्व रहेको छ। त्यसकारण नेपालको संविधान अत्यन्तै राम्रो संविधान हो। यसमा सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता छ। यसमा जनजाती, आदिबासी, मुस्लिम, थारु, मधेशी, महिलालगायत सबैको समावेशिता छ।’
नेपालमा सबैजना मिलेर बस्ने समाज रहेको भन्दै नेपालको राजनीतिमा यस्तो खालको सामाजिक सद्भावले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया