बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ वर्षपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने आधारहरू बनेको दाबी गरेका छन्।
आइतबार चितवन पुगेका प्रचण्डले पत्रकारहरूसँगको कुराकानीमा नयाँ वर्षमा नयाँ सरकारको सम्भावना रहेको बताएका हुन्। उनले आफ्नो ध्यान सरकारतिर नभउपनि पछिल्लो राजनीतिक परिस्थितिले त्यतैतिर होहोर्याएको बताए।
प्रचण्डले भने, ‘हाम्रो ध्यान सरकारतिर त्यति छैन। तर यो सरकार धेरै अगाडि जान सहज नभएको परिस्थिति देखिराख्या छ। त्यसकारण कुनै पनि सम्भावना हुन सक्छ।’
उनले आफूले पहिलेदेखि नै सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नुपर्ने बताउँदै आएको उल्लेख गरे।
उनले भने, ‘पछिल्लोचोटी थुप्रै नयाँ अनुभवसहित भनेको हो, मलाई योभन्दा बढी बोल्न नलगाउनुस्। मैले केही नयाँ कुराको आधारमा त्यो कुरा भन्या हो। मलाई लाग्छ त्यही दिशातिर देश जान्छ।’
उनले डाक्टर, नर्स, शिक्षक, लघुवित्त पीडित मात्र नभएर सरकारमै भएका दलहरू पनि सडकमा आउन थालेकाले नयाँ वर्षले केही न केही निकास लिएर आउने बताए।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया