राजावादीलक्षित ओलीको टिप्पणी- देशमा जुलुश गर्दा विदेशीको तस्बिर राख्नुपर्ने अवस्था आइसकेको छैन
सोमबार गैरसरकारी संस्था महासंघको ११औं महाधवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आइतबारको राजावादीको आन्दोलनमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रदर्शन गरिएकोतर्फ इंगित गर्दै यस्तो बताएका हुन्। उनले भने, ‘एउटा जुलुश निकाल्नुपर्यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं। अलोकतान्त्रिक, प्रणालीविरोधी र असंवैधानिक कुराहरूमा लाग्ने हामीलाई फुर्सद छैन। हामी हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा छौं।’
बिएल संवाददाता - काठमाडौं