बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो अनुभवले नेपालमा कुनै पनि गठबन्धनको सरकार राम्रोसँग चल्न नसकेको बताएका छन्।
कांग्रेसको बारा क्षेत्र नम्बर ३ ले बुधबार गरेको क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेका प्रत्येक गठबन्धनका प्रधानमन्त्रीहरूले दिनमा एक पटक ‘सरकार टिक्छ’ भन्नुपर्ने अवस्था आएको बताए।
उनले नेपालको ८/१० वर्षको अनुभवले चुनावअघि वा चुनावपछिका कुनै पनि गठबन्धन राम्रोसँग चल्न नसकेको देखिएको अनुभव सुनाए।
उनले भने, ‘प्रत्येक गठबन्धनको प्रधानमन्त्रीले दिनमा दुई-तीन पटक मेरो सरकार टिक्छ, टिक्छ भन्नैपर्छ, जति बलियो भए पनि। हिजो बेलुकीसम्म नटिक्लाजस्तो थियो, आज बिहानदेखि टिक्ने भयो भनेर भन्नुपर्छ, यस्तो पनि सरकार हुन्छ हाम्रो?’
उनले नेपाली कांग्रेस जिम्मेवार पार्टी भएकोले जता हावा चल्यो त्यतै जाने पार्टी नभएको दाबी गरे। उनले संविधानमा देखिएका त्रुटि सच्याउनुपर्ने पनि बताए।
उनले भने, ‘नेपालमा जुन पार्टी आए पनि बहुमत आउँदैन भन्ने लागेको होला तर हामीले उपाय खोजेका छौं, २०८२ को अन्तिमसम्म संविधानमा आवश्यक संशोधन गर्नुपर्छ।’
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया