बिएल संवाददाता
नेपाल शिक्षक महासंघले आगामी बैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुन शिक्षकहरूलाई अपिल गरेको छ।
महासंघले काठमाडौं केन्द्रीत शैक्षिक सडक आन्दोलनको अवधिभर शैक्षिक गतिविधिमा संलग्न नहुन आग्रह गरेको हो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले गरेको पत्रचारमा भनिएको छ, ‘उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनैपनि काममा संलग्न नहुन प्रअ तथा शिक्षक-कर्मचारीहरूलाई आग्रह गर्दछौ।’
उनले यो आन्दोलनलाई सहयोग गर्न सबैलाई अनुरोध समेत गरेका छन्। ‘शिघ्र शिक्षा ऐन जारी गराइ विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको यस आन्दोलनलाई सहयोग तथा समर्थन गरी दिनुहुन विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, गाउँ/नगरपालिका तथा सबै शैक्षिक सरोकार पक्ष समक्ष अनुरोध गर्दछौ’ उनले लेखेका छन्।
महासंघको नेतृत्वमा विगत १३ वर्षदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आइरहेका शिक्षकहरूले आन्दोलनका कार्यक्रम थप चर्काउने बताउँदै आएका छन्।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया