
बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफ्नो पार्टी ‘बा’को पार्टी नभएकोले फरक मत र आलोचना गर्न पाइने टिप्पणी गरेका छन्।
बारा क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले उनले सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै कांग्रेसमा एमालेजस्तो प्रश्नमा निषेध नरहेको जिकिर गरे।
उनले भने, ‘प्रश्न पनि गर्नुपर्छ। कांग्रेस पार्टी हो यो, यहाँ प्रश्न पाइन्छ। यहाँ फरक मत राख्न पाइन्छ, प्रश्न राख्न पाइन्छ, आलोचना गर्न पाइन्छ। कसैले लिएर जाँदैन। यहाँ कोही भीम रावल बन्दैन। किनकी यो कांग्रेस हो। यो हाम्रो पार्टी हो, बा को पार्टी होइन।’
उनले कांग्रेसका मन्त्रीहरूले गरेको कामको प्रचार आफैंबाट हुनुपर्ने जिकिर गरे।
उनले भने, ‘हामीले गरेको कामको प्रचार हामीले गरेनौं भने फेरि अरु कसैले पनि गर्दैन। हाम्रो साथीहरूले काम गर्ने प्रयासहरू गरिरहनुभएको छ।’
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया