
बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो। करिब एक घण्टा भएको भेटवार्ता नियमित छलफलको निरन्तरता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकारको रवैयाप्रति कांग्रेसकै नेताहरूले असन्तुष्टि जनाइरहेका बेला ओली-देउवाबीच छलफल भएको हो।
दुई नेताबीच एकजुट भएर सरकारको कामको प्रभावकारीता बढाउने बारेमा छलफल भएको र बाहिर भनेजस्तो दुई पार्टीबीच कुनै समस्या नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
देउवासँग भेटवार्तापछि प्रधानमन्त्री ओलीले आजै साँझ ६ बजे बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया