बिएल संवाददाता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली कांग्रेसभित्र आफू भाइरल हुने नाममा अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति बढेको बताएकी छन्।
इलामको श्रीअन्तुमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अग्रज कार्यकर्ता भेटघाट एवं अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राणाले नेताहरूको यस्तो प्रवृत्तिले पार्टीका केन्द्रदेखि तल्लो तहसम्मका कार्यकर्ताहरूमा निराशा पैदा गर्ने बताइन्।
उनले भनिन्, ‘आफूले मिडियामा कभरेज पाउनकै लागि कतिपय नेता एवं पार्टीकै विरुद्धमा पनि बोल्ने गरेको देखिन्छ। यसले कुनै व्यक्ति मिडियामा भाइरल त होला। तर, त्यसले पार्टीलाई कति क्षति पुग्छ भन्ने कुराको पनि हिसाब गर्नुपर्ने हो।’
राणाले अरू पार्टीहरू मिसन ०८४ मा लागिसक्दा कांग्रेसका नेताहरू भने आपसी विवादमै रुमलिएको बताइन्। त्यस्तै उनले कांग्रेस सरकारमै हुँदापनि कांग्रेसकै नेताहरूले सरकारको विरोध गरिरहेको भन्दै असन्तुष्टि जनाइन्।
राणाले असन्तुष्टिहरू भए पार्टीभित्रै छलफल गर्नुपर्ने बताइन्। उनले गत स्थानीय र संसदीय निर्वाचनमा सभापति शेरबहादुर देउवाको अथक प्रयासले पार्टी सबैभन्दा ठूलो बन्न सफल भएको दाबी गरिन्।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया