सोमबार, २४ अगस्ट २०२६

अमेरिकाले भन्यो- ग्रीन कार्ड भनेको सधैभरि अमेरिकामा बस्ने अधिकार होइन

‘यो हाम्रो राष्ट्रिय सुरक्षाको कुरा हो। त्यसको सवालमा आवश्यक पर्‍यो भने उनीहरूलाई निस्कासन गर्ने अधिकार अमेरिकी सरकारसँग छ’ उनले भने ‘यो अमेरिकी जनताको सवाल हो। अमेरिकाका लागि यहाँका मूल वासिन्दाभन्दा माथि कोही छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘राजा प्रचण्डजस्ताे ‘आतंकवादी’ हुन सक्दैनन्’ (भिडिओ)

‘राजा तपाईंजस्ताे आतंकवादी हाेइन। तपाईंलाई याद हाेला हाेलेरी काण्ड। त्याे बेला राजाले चाहेकाे भए तपाईंलाई त्याे बेलै मारिदिन्थे गिरिजाप्रसाद काेइराला प्रधामन्त्री हुँदा उहाँले सेना माग्नुभएकाे थियाे’ प्रवक्ता शाहीले भने ‘तर प्रचण्ड पनि यही देशकाे नागरिक हाे भनेर राजाले सेना चलाउन दिनु भएन। त्यसैले राजा तपाईंजस्ताे आतंकवादी हाेइनन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाबाट ‘देश निकाला’ भए दक्षिण अफ्रिकी राजदूत

‘दक्षिण अफ्रिकाका राजदूतलाई अब हाम्रो महान देश अमेरिकामा स्वागत हुने छैन। इब्राहिम रसूल एक जातिवादी नेता हुन्। जसले अमेरिकी राष्ट्रपतिलाई निकै घृणा गरिरहेका छन्’ यसबारे जानकारी दिँदै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जालमा लेखेका छन् ‘उनीसँग फेरि कुनै वार्ता गर्नका लागि अब हामीसँग केही बाँकी छैन। त्यसैले हामीले उनलाई अस्वीकार्य व्यक्ति मानिसकेका छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएएन महाधिवेशन: घले लागेको लाग्यै, ‘बद्री केसी’ टेर्दै नटेर्ने

आगामी मे ३ मा महाधिवेशन घोषणा भइसके पनि केसीको समूहले भने ‘सचिवालय नै कब्जा’ गरेर आफ्ना गतिविधिहरू अघि बढाइरहेको घले समूहले जनाएको छ। घलेको यो उच्चस्तरीय समितिले केसी समूहको उक्साहटमा लागेर कुनै पनि गतिविधिमा संलग्न नहुन एनआरएनएका राष्ट्रिय समितिहरूलाई निर्देशन पनि दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘विदेशीको इसारमा राजा वीरेन्द्रको वंश विनास गर्ने प्रचण्ड नै हो’

‘सिधा भाषामा भन्दा बिदेशीको इसारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्‍यौ’ उनले लेखेका छन् ‘तर यस्तै भट्किला झुठा भाषण गर्दै हिँड्यौं भने प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्। त्यसैले भन्छु नविनतम सम्झौतामा आउनुस् विदेशीको गुलाम जति गर्नुभयो गरिसक्नु भो अब देशका लागि केही काम गर्नुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ज्ञानेन्द्र शाहले वंश मासेकाे प्रचण्डकाे आरोप

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश मासेकाे आरोप लगाएका छन्।  शुक्रबार सिन्धुपाल्चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पूर्वराजाको पछिल्लो सक्रियातामाथि टिप्पणी गर्दै यस्तो आरोप लगाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालले हरायो हङकङलाई

युगान्डामा भइरहेको वुमन्स डे टी-२० कपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई हराएकाे छ। शुक्रबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको हो। हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सशस्त्रका सईमाथि बालिका बलात्कारको आरोप, स्थानीयले घेरे प्रहरी पोस्ट

महोत्तरीमा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोप लागेको छ।लोहारपट्टी नगरपालिका–४ पिपराढी स्थित रेल्वेट्र्याक पोस्टमा कार्यरत सिंहले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै स्थानीयहरूले अहिले सशस्त्र प्रहरी पोस्ट घेराउ गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - महाेत्तरी

नेकपा एसले गर्‍यो आन्दोलनको घोषणा

नेकपा एकीकृत समाजवादीले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ। आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर महासचिव घनश्याम भुसालले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ। शुक्रबार साँझ ५:३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बाेलाइएकाे प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुन अहिलेसम्मकै महंगाे, कति पुग्याे ताेलाकाे?

नेपाली बजारमा  हालसम्मकै सुनकाे उच्च मूल्य कायम भएकाे छ। नेपाल सुनचाँदी व्यवसायीका अनुसार शुक्रबार सुनकाे मूल्य १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम गरिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘जन्मसिद्ध नागरिकताको खारेज गर्ने’ ट्रम्पकाे जिद्दी, सर्वाेच्च अदालतमै अपिल

सर्वोच्च अदालतले पहिलाको आदेश खारेज दिएमा अबका दिनदेखि अमेरिकाले त्यो भूमिमा जन्मिएकै आधारमा नागरिकता दिने छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धरतीमा ‘बसाइँ’ सकियो!

‘बसाइँ’ नेपाली साहित्यमा सबैभन्दा चर्चित उपन्यास हो। यही उपन्यासबाट लीलबहादुर क्षेत्री नेपाली साहित्यकाशमा चम्किन पुगे। नेपाली पाठ्यक्रमहरूमा समेत समावेश गरिएको यो उपन्यास कुनै बेला सबैभन्दा धेरै बिक्री हुने किताब भएको थियो। अँग्रेजी भाषामा समेत अनुदित यो उपन्यासमाथि चलचित्र समेत बनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘रुस युद्ध रोक्न तयार छ’ पुटिन भन्छन्, ‘तर केही शर्तहरू छन्’

‘रुसले अमेरिकी प्रतिनिधिहरूसँग पनि वार्ता गर्नेछ। र आवश्यक परे म आफैले ट्रम्पसँग पनि कुराकानी गर्नेछु’ उनले भनेका छन् ‘हामी यो युद्ध बन्द गर्न चाहन्छौं। तर ३० दिनमात्रै होइन दीर्घकालीनरुपमा शान्ति स्थापनाका लागि युद्ध समाप्त होस्। त्यसकै लागि हामीले यो युद्ध र संकटका मूल समस्याको समाधान खोजिरहेका छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेसमा ‘नक्कली’ अस्पताल र नक्कली ‘डाक्टर’काे बिगबिगी

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विभिन्न जिल्ला पुगेर आफै अस्पतालहरू अनुगमन गर्छन् र ‘अन द स्पट’ कारबाहीको निर्देशन दिँदै आएका छन्। केही महिनायता तराई-मधेसका सयौं अस्पतालहरू उनले बन्द गर्न निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

होलीमा पनि छोडेनन् ओलीलाई

वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागु पूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाए। विगतका बर्षहरू भन्दा यस बर्षको होली बढी सभ्य देखिएको छ। तर बसन्तपुर क्षेत्रमा होली खेल्न आएका युवाहरूले उछृंखल नारा पनि लगाउन भ्याए। उनीहरूले केपी ओली विरुद्ध र बालेन शाहको पक्षमा नारा लगाएका थिए। उनीहरूले ‘केपी चोर देश छोड’को नारा लगाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

के गर्न खोज्दैछ सरकार ! किन पछि हटे राजा ?

पूर्वराजा ज्ञानेन्द्र शाह स्वयं भने तत्कालै अर्को कार्यक्रम वा कार्यक्रममा सहभागी हुने तयारीमा नरहेको दरबार निकट स्रोतले ब्रेकएनलिंक्स नेपालीलाई जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बसन्तपुरमा होलीको रौनक (फोटो फिचर)

काठमाडौंको वसन्तपुरमा यस वर्षको होली पर्व उत्साहपूर्वक मनाइएको छ। विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका क्षेत्र होली मनाउने स्वदेशी तथा विदेशी पाहुनाले खचाखच भरिएको छ। होली खेल्नका लागि युवायुवतीदेखि ज्येष्ठ नागरिक र बालबालिकाको पनि उत्तिकै उत्साहजनक सहभागिता छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराजालाई अशोक राईको सुझाव- पार्टी खोलेर प्रतिस्पर्धामा आउनु

उनले राजावादीहरूले काठमाडौंमा गरेको प्रर्दशनबाट विचलित हुनुपर्ने अवस्था नरहेको बताउदै लोकतन्त्रकै सुन्दरता भनेको लोकतन्त्रमा विरोध गर्ने सबैको अधिकार रहेकोले यसबाट विचलित हुनु नपर्ने बताए। अध्यक्ष राईले जनताले खोजेको जस्तो संघीयता आउन नसकेको स्वीकार गर्दै जे जस्तो भएपनि संघीयतालाई बचाउनुपर्ने अवस्था रहेको र राजतन्त्र ल्याउन खोज्ने संघीयता विरोधी रहेको बताए। अध्यक्ष राईले छिटै नै प्रतिनिधिसभाले निजामती सेवा ऐन पास गर्ने जानकारी दिए। उनले बर्खे अधिवेशनमा सो ऐन पास हुनेमा ढुक्क रहेको विश्वास व्यक्त गरे। त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी ऐन समितिमा छलफलको लागि गएको र यो ऐन पास भएपछि संघीयताको वास्तविक अभ्यासको थालनी हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

घण्टीघरमा रास्वपाको होली

‘होली न्यायको प्रतिक पर्व हो। अन्याय गर्नेहरू अन्याय गरिरहन चाहन्छन्। तर कुनै एउटा क्षण आउँछ अन्याय सकिएर न्यायको सुरुवात हुन्छ। होली त्यसैको प्रतिबिम्व हो। अहिलेको राजनीतिक परिवेशमा सभापतिमाथि कानूनी हतियार प्रयोग भएर मुद्दाहरू चलिरहेको छ। त्यो एकप्रकारको अन्याय हो। सरकारले एउटा व्यक्तिलाई एउटा मुद्दाले हुने ठाउँमा १८ वटा मुद्दा लगाएर जिल्ला जिल्ला घुमाइरहेको छ। त्यो एउटा अन्याय हो। त्यसैले अन्याय विरुद्ध लड्न होलीले प्रेरणा दिन्छ र न्याय दिने काम गर्छ।’ यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले होलीलाई गौरवका रुपमा मनाउनुपर्ने बताए। आगामी पुस्ताले पनि यो पर्वलाई गौरव गर्नेगरी मनाउनुपर्नेमा जोड दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं