बिएल संवाददाता
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार जनताबाट झन-झन टाढा हुँदै गएका कारण नजिकै गएर जनताका कुरा सुनाउने उद्देश्यले निषेधित क्षेत्रमा प्रवेश गरेको बताएका छन्।
आइतबार सिंहरबारमा गरेको प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले नागरिकको बोल्न, लेख्न र प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको बताए।
उनले भने, ‘सरकारले मानिसको बोल्न पाउने, लेख्न पाउने प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको छ। जनताबाट सरकार झन झन टाढा हुँदै जाने अवस्था सृजना भएको छ। त्यसैले सरकारको नजिकै गएर प्रदर्शन गरेर सुनाउन भनेर निषेधित क्षेत्रमा कार्यक्रम गरेको हौं। सरकारले सुन्नुपर्छ। प्रदर्शनमार्फत देश दुनियाँले सुन्छ, नागरिक अधिकारवादी संघ संस्थाहरूले सुन्छ।’
उनले लोकतन्त्र र गणतन्त्रको नाममा निरङ्कुशता भएको टिप्पणी गरे।
त्यसैगरी सांसद ज्ञानेन्द्र शाहीले ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो’ लेखेको अध्यक्ष लिङ्देनको तस्बिरसहितको टोपी लगाएर प्रदर्शन गरेका थिए।
पत्रकारहरुले टोपी कहिले खोल्नुहुन्छ भन्दै प्रश्न गरेपछि उनले भने, ‘पहिला भ्रष्टाचार गर्न छाडुन् अनि टोपी फुकालौंला। भ्रष्टाचार गरेर खानेहरूको लागि यो विषको रुपमा प्रयोग गरिएको हो।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया