सोमबार, २४ अगस्ट २०२६

हामी देशमा रोजगारी सृजना गर्न चाहन्छौंः प्रधानमन्त्री

यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्था विरोधी आवाज उठाउन आवश्यक नभएको स्पष्ट गर्दै उनले संविधानसम्मत, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने बताए। उनले भने, ‘हामी जनताको गरिबी र पछौटेपन हटाएर जान चाहान्छौं। गरिबी हटाएर मात्रै हामी सन्तोष मान्दैनौं। समग्र मानवीय जैविक र न्यायोजित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउनुुछ। नागरिक सर्वाेच्चता भएको यस प्रणालीमा रहेर अब हामी समृद्धिका लागि छिटो काम गर्न चाहन्छौं। रोजगारीका अवसरमा सृजना गर्न चाहन्छौं। त्योभन्दा पहिला हामीले उद्यमशीलतामा जोड दिनुुपरेको छ। त्यसकारण देशलाई पछाडि फर्काउने होइन, अगाडि बडाउने हो। संविधानबमोजिम तीनै तहका सरकारले सहकार्य गरेर देश विकासमा लाग्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

प्रचण्डलाई गगनको प्रश्न- तपाईं हुँदा जनता खुसी थिए, अहिले सबै रिसाए भन्न खोजेको?

उनले भने, ‘जनता असन्तुष्ट छन्, र त्यो जनताहरू आक्रोशित पनि छन् । यो आक्रोशलाई नजरअन्दाज गर्नु हुदैन भन्ने कुरा म पनि मान्छु । ती जनताहरूको कुरा सुन्नुपर्छ र उनीहरूसँग संवाद गर्नुपर्छ भन्ने कुरा पनि मान्छु। तर उनीहरू किन रिसाएका छन् भन्ने कुरामा- अहिले यो सरकार छ त्यही भएर रिसाएका हुन्, यो सरकार आउनुभन्दा अगाडि एकदमै खुसी थिए, यो सरकार आयो त्यही भएर रिसाए भन्ने कुरामा भने पट्टकै चित्त बुझाउन सकिँदैन।’ उनले प्रतिपक्ष दलको काम प्रश्न नै गर्ने भएपनि समस्यालाई संकटको रुपमा व्याख्या गर्ने गरी प्रश्न नगर्न आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वाेच्चले फर्काइदियो मन्त्रीले खोसेका राखेपका चार सदस्यको पद

ओली सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राजनीतिक प्रतिशोध साँधेर परिषद्का चार जना सदस्यहरू कुसारीसहित अन्जन धमला,  जनक बर्तौला र मोहमद फाजिलको पद खोसेका थिए। मन्त्रीको निर्णयविरुद्ध चारै जनाले सर्वोच्च अदालतमा मुद्धा दायर गरेको थिए। सर्वाेच्चले यसअघि सो मुद्धामा अन्तरिम आदेश पनि जारी गरेको थियो। मंगलबार शर्मा र ढुङ्गानाको इजलाशले ती मुद्धामा रिट जारी गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले विश्वास गुमायो, राजावादी हौसिएः प्रचण्ड

‘सरकारको विश्वसनियता सकिएकै देखेर आज पुरातनपन्थी राजतन्त्रवादी हौसिएका छन्। वर्षौंसम्म बन्द कोठामा समेत राजतन्त्र पुनर्स्थापनाको सपना देख्न डराएकाहरू आज सडकमै आएका छन् र सडकबाटै राजतन्त्र पुनर्स्थापनाको चुनौती दिन थालेका छन्। राजावादीहरूको यो चहलपहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ। यसमा देश भित्र र बाहिरका चलखेल पनि मिसिएका छन्।’ यसको साथै, उनले जनताको बलिदान र लामो संघर्षबाट प्राप्त उपलब्धिलाई उल्टाउने कोसिस भएको भन्दै अब एकातिर सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्कातिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नु पर्ने अवस्था सिर्जना भएको पनि बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगन थापा बोल्दाबोल्दै कुर्सी भाँचिएर एमाले सांसद लडेपछि…

मंगलबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद बसेको कुर्सी भाँचिएको छ। कांग्रेस महामन्त्री गगन थापा बोलिरहेका बेला नेकपा एमालेकी सांसद उर्मिला थेबे बसिरहेको कुर्सी भाँचिएको संसद सचिवालयले जनाएको छ। कुर्सी भाँचिएपछि सांसद थेबे लडेकी थिइन्। उनी लडेपछि सबै सांसदहरू पछाडि फर्किएका थिए। सांसदहरू पछाडि फर्किएपछि बोलिरहेका वक्ता गगन थापा पनि एकछिन सम्बोधन रोकेर पछाडि फर्किए। सभामुख देवराज घिमिरेले सांसद थेवे लडेपछि सचिवालयका कर्मचारीतर्फ फर्किएर इशारा गरेका थिए। र सचिवालयका कर्मचारीहरूले थेवेलाई बाहिर लिएर गएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोसिमाको पक्षमा सर्वोच्चको फैसला, जोगियो सांसद पद

मंगलबार न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले तोसिमाको पक्षमा रिट जारी गरेको हो। तोसिमाले २ वर्षअघि उम्मेद्वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन्। सर्वोच्चको फैसलासँगै तोसिमाको सांसद पदमाथिको वैद्यताको प्रश्नको अन्त्य भएको छ। उनको सांसद पद जोगिएको छ। सांसद कार्कीले लाभको पदमै हुँदा २०७९ मंसिर ४ गतेको निर्वाचनमा ललितपुर-३ मा रास्वपाबाट प्रतिनिधिसभामा उम्मेद्वारी दिएको भन्दै निर्वाचन आयोगले उम्मेद्वारी खारेज गरेको थियो। कार्की त्यतिबेला नेपाल मेडिकल काउन्सिलको सदस्य निर्वाचित भएर लाभको पदमा बसेकै बेला उम्मेदवारी दिएको उजुरी परेपछि आयोगले खारेज गरेको थियो। तर, सर्वोच्च अदालतले कार्कीको उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराजा र रविबीच भेटवार्ता भएको मुकुलको खुलासा, ‘रवि दाइ अन्तिमसम्म राजतन्त्रकै लाइनमा हुनुहुन्थ्यो’

‘राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नु अघि ‘राजतन्त्र’को लाइन लिने कि ‘गणतन्त्र’ को? भनेर रवि दाइ र मबीच छलफल भयो। त्यतिबेला छलफल गर्नका लागि कोहि थिएन, जे जति हुन्थ्यो, हामी दुईबीच नै हुन्थ्यो। राजासँग भेट्न रवि दाइ झापासम्म जानुभयो। राजा र राजाका नजिकका मान्छेसँग उहाँको दुई-चार पटक कुरा पनि भयो। रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो।’ मुकुलले आफूले रविलाई राजा ल्याउने वा आउने कुरा आफूहरूले भनेर मात्र नहुने, राजा आफैंले बोल्नुपर्छ भनेर प्रस्ताव गरेको तर, राजा बोल्न तयार नभएपछि गठतन्त्रवादी दल खोलेको दाबी पनि गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्ड भन्छन्, राजावादीको आन्दोलनमा बाह्य चलखेल पनि छ

‘देशभित्र र बाहिरका चलखेल मिसिएक छन्। यसखालका चलखेल आजमात्रै भएका होइनन्। यस्ता चलखेल हिँज पनि अस्ती पनि थिए’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको गणतन्त्रमा राजततन्त्रको रगत छैन: प्रचण्ड

‘नेपालको शान्ति प्रक्रियामात्रै होइन गणतन्त्रको इतिहास पनि निकै मौलिक र उदार थियो। संसारमा सबै ठाउँमा गणतन्त्रको इतिहास राजतन्त्रको रगतले लेखिएको छ। तर नेपालमा त्यस्तो भएन’ उनले भने ‘हामीले पूर्वराजालाई शान्तिपूर्ण रुपमा सुरक्षित ठाउँमा राखेर हामीले गणतन्त्रको शान्तिपूर्ण स्थापना गरेका हौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोसिमाको ‘सांसद पद खारेज’सम्बन्धि मुद्दामा निर्णय सुनाउँदै सर्वोच्च

न्यायाधीश मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजालमा ‘निर्णय सुनाउने’ पेसी तोकिएको छ। सांसद कार्कीले लाभको पदमै हुँदा २०७९ मंसिर ४ गतेको निर्वाचनमा ललितपुर-३ मा रास्वपाबाट प्रतिनिधिसभामा उम्मेद्वारी दिएको भन्दै निर्वाचन आयोगले उम्मेद्वारी खारेज गरेको थियो।  कार्की त्यतिबेला नेपाल मेडिकल काउन्सिलको सदस्य निर्वाचित भएर लाभको पदमा बसेकै बेला उम्मेदवारी दिएको उजुरी परेपछि आयोगले खारेज गरेको थियो। तर, सर्वोच्च अदालतले कार्कीको उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपालीमाथि गोली प्रहार

तल्लो बाटोबाट अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपाली नागरिकमाथि अमेरिकी सुरक्षा बलले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। अमेरिकी समय अनुसार गतसाताको मंगलबार राति डुंगा चढेर अमेरिका प्रवेश गर्न लागेका उनीहरूलाई अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी)को एयर एण्ड मरीन अपरेसन्स् (एएमओ)ले गोली हानेर पक्राउ गरेको हो। उनीहरू क्यालिफोर्नियाको सानडिएयो क्षेत्रबाट अवैध तरिकाले अमेरिका प्रवेश गर्न खोज्दै थिए। सीबीपीले नेपालीसहित नौजना आप्रवासीलाई नियन्त्रणमा लिइएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रचण्ड, प्रधानमन्त्रीद्वारा बहिष्कार

आजको संसद बैठकमा प्रमुख पतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ। हिजो सभामुखसँग सचेतकहरूको बैठकमा प्रचण्डले आजको संसद बैठकमा बोल्नका लागि समय मागेका थिए। यता प्रचण्डले सम्बोधन गर्ने संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी नहुने भएका छन्। ओली आज कोशी प्रदेश सभालाई सम्बोधन गर्न विराटनगर पुगेका छन्। यसअघि पनि संसदमा प्रचण्डको सम्बोधन प्रधानमन्त्री ओलीले बहिष्कार गरेका थिए। जसको प्रचण्डले संसदमै असन्तुष्टी जनाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लोकतन्त्रको विकल्प राजतन्त्र होईन, हुनै सक्दैनः कमल थापा

‘लोकतन्त्रको विकल्प राजतन्त्र होईन, हुनै सक्दैन।त्यो सबैले बुझेका छन्। जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन। जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन, राजासहितको लोकतन्त्र खोजेको हो।’ उनले राजासहितको प्रजातन्त्र विश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिने दाबी पनि गरेका छन्। उनले भनेका छन्, ‘लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको हो।मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको हो। राजासहितको प्रजातन्त्र बिश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिन्छ। बेलायत, जापान, नर्वे लगायतका कैयौं मुलुक त्यसको ज्वलन्त उदाहरण हुन्। जनताले चाहेको त्यस्तै प्रजातन्त्र हो। त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शंकर पोखरेल भन्छन्, पहिला भारतका ‘राजा,नवाव र महाराजाहरू’लाई फर्काएर ल्याउनू

उनीहरुको चिन्ता उनीहरुले भन्ने गरे जस्तै हो भने भारतमा नै ती हिन्दु धर्मावलम्वी राजा र महाराजाहरूलाई पुनस्थापित गर्दा भयो नि। तर त्यो सम्भव छैन। किनकी भारतीय संविधानले  त्यसो गर्न दिँदैन। नेपालको हकमा पनि त्यस्तै त हो नि! हैन र?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिका र युक्रेनबीच साउदीमा वार्ता हुँदै, रोकिएला युद्ध?

साउदी अरबमा हुने वार्तामा ट्रम्प र जेलेन्स्की दुबै सामेल हुने छैनन्। बरु दुबै देशका कुटनीतिक अधिकारीहरू बसेर शान्तिका लागि छलफल गर्नेछन्। युक्रेन शान्ति वार्ताका लागि तयार भइरहँदा रुसले भने उसमाथिको आक्रमण निरन्तर जारी राखेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भूकम्पका नाममा राजनीति नगरौं: गृहमन्त्री

डीडीएको काम समयमा सम्पन्न गरी पुनर्निर्माणको कामलाई अघि बढाउन सरकार लागि परेको बताए। भूकम्पले घर भत्किएपछि पुनर्निर्माण पूर्व गरिने डीडीएका लागि जाजरकोटमाा ५० जना, रुकुमपश्चिममा ४८ जना प्राविधिकले काम गरिरहेको बताए। फिल्डमा खटिएका प्राविधिकको कमी भए सरकारले थप गर्ने बताए। मन्त्री लेखकले जाजरकोट जिल्लामा अलपत्र परेको योजनाहरूका विषयमा प्रधानमन्त्री र मन्त्रिपरिषदमा छिटोछरितो सम्पन्न गर्न जाजरकोटी जनताको गुनासोलाई सम्वोधन गर्ने बताए। उनले भने, ‘पुनर्निर्माणको काम छिटोछरितो गरि भूकम्प प्रभाबित जनतालाई सुरक्षित आवासमा राख्ने लक्ष्य लिएको छ। भूकम्पपछि जति जनताले दुख पाउनु भयो अaका दिन पाउन नदिने गरी सरकार लागी परेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

राजावादीहरूले हाम्रो सभ्यता र संस्कृति ध्वस्त पार्न खोजेः प्रधानमन्त्री

‘हिजो देख्नुभयो नारा देख्नुभयो, फोटा देख्नुभयो। सिङ्गो समाजलाई नै अशोभनिय बनाउने प्रयास भइराखेका छन्। त्यो त केपी ओलीले गरेको भन्छन्। मेरा विरुद्ध तथानाम अश्लिल नारा लगाइराखेका थिए। त्यो पनि मैले नै लगाएको हो कि? संविधान व्यवस्था नमान्ने, लोकतन्त्र नमान्ने प्रणाली नमान्ने, आजको जमानामा जनता रैति भएर बस्दिन पर्ने कस्तो हुकुम प्रमाणीयको झल्को आएको? संविधान नमान्ने अरे।’ उनले भने, ‘राजनीति गर्न मन छ भने आउनुहोस्। तर संविधान, कानुन नमान्ने जहिले पनि यो देशलाई अस्थिरतामा नै लैजाने? हाम्रो पुर्खाले यत्रो समय लगाएर रचना गरेका सभ्यता संस्कृति ध्वस्त गर्ने? त्यस्ता कुरा हुन दिदैनौं रोक्नुपर्छ हामीले।’ त्यस्तै, उनले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयललाई आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इतिहासको रथ पछाडि फर्किन्न, निरंकुश शासन सहन सकिन्नः नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इतिहासको रथ पछाडि फर्किन नसक्ने बताएका छन्। सोमबार समाजवादी मोर्चाको बैठक पश्चात उनले राजाको विषयमा बोल्दै जनताले चाहेको प्रगती, परिवर्तन, हित र कल्याणको शासन राजाबाट सम्भव नभएको भन्दै इतिहासको रथ पछाडि फर्किन नसक्ने बताए। उनले भने, ‘सिध्याउन खोज्ने कुनैपनि प्रवृत्ति निन्दनीय छ, अस्विकार्य छ। इतिहासको रथ पछाडि फर्किन सक्दैन। प्रगती, परिवर्तन चाहिएको छ, जनताको हित र कल्याणको शासन चाहियो। यो राजाबाट सम्भव छैन। इतिहासले यो कुरा भनि सकेको छ। फेरि त्यो निरंकुश शासनमा जनता जादैनन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पत्रकारको प्रश्न- हिजोको प्रदर्शनले कत्तिको मुटु हल्लायो? प्रचण्डको जवाफ- छैन, केही हल्लाको छैन

सोमबार सिंहदरबारमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरूसँगको छोटो कुराकानीमा उनले पत्रकारहरूले हिजोको प्रदर्शनले कत्तिको मुटु हल्लाएको थियो भन्दै प्रश्न गरेका थिए। उत्तरमा उनले भने, ‘हिजोको प्रर्दशनले केही हल्लाको छैन। डराउनेवाला पनि छैनौं। त्यत्रो लडाईंकाबीचमा त्यस्तो गर्दा त डराइएन अब त्यसको के कुरा।’ उनले जनताको समस्यामा सरकारको अझै ध्यानकेन्द्रीत हुन नसकेको कारण जनतामा निकै ठूलो निराशाको कारण यस्तो अवस्था आएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने धारणा राखे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजाकाे चर्चा नेपाल, चासाे भारतमा (भिडिओ रिपाेर्ट)

करिब दुई दश लामो यो यात्रामा कहिँकतै छुटेका ‘राजशाही’का अवयवहरू फेरि एकपटक सल्बलाउन थालेका छन्। इतिहासका ती अवशेषहरू बोकि हिँडेको राष्ट्रिय प्रजातन्त्र पार्टी अनि अरु पनि ‘राजावादी’हरू फेरि सल्बलाउन थालेका छन्। फेरि उग्र हुन थालेका छन्।  यही व्यवस्थालाई संस्थागत गर्नेगरी २०७२ सालमा संविधान जारी हुँदा पनि भारतको सक्रियता उस्तै थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं