बिएल संवाददाता
नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि एमाले-कांग्रेसबीच सहमति जुटेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको लगातारको वार्ता, छलफल र हिजो बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि गभर्नरमा सहमति जुटेको बताइएको छ। अब छिट्टै नयाँ गभर्नर नियुक्ति गर्ने उनीहरूबीच समझदारी बनेको छ।
यसअघि गभर्नरका लागि चर्चा थिए रहेका राजेन्द्रकिशोर क्षेत्री र डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना। तर, दुवै पार्टीको दोस्रो तहबाट व्यापक असन्तुष्टिपछि ओली-देउवा न्युट्रल व्यक्तिको नाममा सहमत भएका हुन्।
स्रोतका अनुसार बैंकमा वरिष्ठताको आधारमा तेस्रो नम्बरमा रहेका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउन ओली र देउवाबीच सहमति भएको छ। भट्ट सुदूरपश्चिमका हुन्। उनको नाममा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार पूर्वगभर्नर युवराज खतिवडाले पनि ‘ओके’ गरिसकेको स्रोतको दाबी छ।
भट्ट अन्य उम्मेद्वारभन्दा कम विवादित मानिन्छन्। राजेन्द्रकिशोर र निलममाथि बिचौलियासँग साँठगाठ रहेको र उनीहरूकै दवाबमा गभर्नर नियुक्ति गर्न लागिएको भन्दै चर्को आलोचना भइरहेको छ।
यस्तोमा कम विवादित मानिएका भट्टलाई गभर्नर बनाउँदा बाहिर गठबन्धन सरकारप्रति सकारात्मक सन्देश प्रवाह हुने सरकारको विश्वास छ। देउवाले प्रस्ताव गरेका भट्टलाई प्रधानमन्त्री ओलीले पनि नकार्न नसकेको स्रोतले बतायो। त्यसैले भट्टको गभर्नर बन्ने सम्भावना उच्च देखिएको हो।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया