बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ०८४ सम्म सरकारमा गएर फेरि अर्को गल्ती नगर्ने बताएका छन्।
हुलाकी राजमार्ग केन्द्रीत जागरण अभियानका क्रममा बिहीबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले जनतामा फेरि माओवादीप्रति विश्वास बढ्दै गएको कारण सरकारमा जान हतार नगर्ने बताए।
उनले भने, ‘अहिले आम जनताले फेरि एकचोटि हाम्रो भरोसा माओवादी केन्द्रतिर, माओवादी नेतृत्वतिर र प्रचण्डतिर छ भनेर भावुक बनेर आउने हजारौं हजारको संख्या जुन देख्यौं त्यसले हामीलाई थप जिम्मेवारी बोध भएको छ। सरकारमा चाहिँ ०८४ सम्म नजाने हाम्रो निर्णयमा एउटा दृढता पैदा भएको छ। सरकारमा जान हतार गरेको होला भन्ने लाग्न सक्छ। बिल्कुल होइन।’
कुर्सीका लागि आफूलाई कुर्सीका लागि जेपनि गर्न तयार हुने भन्दै लाग्ने गरेको आरोपको पनि खण्डन गरेका छन्। उनले आफू कुर्सीका लागि मरिहत्ये गर्ने भए आफ्नो कुर्सी नै नजाने पनि टिप्पणी गरे।
उनले आफूहरूले विगतमा बाटो बिराए पनि अहिले ठीक बाटोमा हिँडिरहेको आत्मविश्वास रहेको पनि बताए।
उनले भने, ‘हामी अब फेरि त्रुटि गर्ने पक्षमा छैनौं। यदि कुर्सी प्राप्तिका लागि जे पनि गर्ने भए मेरो कुर्सी जानेवाला नै थिएन। म कांग्रेस वा एमालेको समर्थन प्राप्त गरिराख्न सक्थे। यदि मैले भ्रष्टाचारविरुद्धको अभियान छोडिदिएको भए। राज्यको जमिन कब्जा गर्ने भूमाफियाहरूलाई छोडिदिएको भए। या केही भ्रष्टाचारीहरुलाई संरक्षण गर्न अगाडि बढेको भए मेरो सरकार ढल्नेवाला नै थिएन।’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया