बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेर आफूले सहमहामन्त्री पदबाट राजीनामा दिएको प्रस्ट्याएकी छन्।
बिहीबार पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूले पार्टीबाट राजीनामा दिएको नभई सहमहामन्त्री पदबाट मात्र राजीनामा दिएको बताइन्।
उनले दुई हप्ता अगाडि नै राजीनामा दिएको समेत बताइन्।
एक व्यक्ति दुई पदमा रहँदा काम गर्न गाह्रो हुने भन्दै पार्टी नेतृत्वसँगको छलफलपछि आफूले राजीनामा दिएको उनको भनाइ थियो।
श्रेष्ठको राजीनामाबारे आवश्यक छलफल गरेर प्रक्रियागत रूपमा बढाइने कार्यवाहक सभापति डोल प्रसाद अर्यालले बैठकमा जानकारी गराएका कार्यवाहक प्रवक्ता मनिष झाले बताए।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया