बिएल संवाददाता
नेपाली काँग्रेसको पदाधिकारी तथा मन्त्रीहरूको बैठक सकिएको छ। सरकारप्रति विभिन्न आशंका र असन्तुष्टी बढिरहेका बेला प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा पार्टीका सभापति र सरकारमा सहभागी मन्त्रीहरूलाई डाकेका थिए।
बैठकमा मन्त्रीहरूले केही प्रगती विवरण सुनाएका थिए। त्यसपछि पार्टी सभापति देउवाले अझ राम्रो फर्फमेन्स गर्न मन्त्रीहरूलाई अह्राएका थिए।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिलेको गठबन्धन सरकार कसैले हल्ला चलाउँदैमा नढल्ने दाबी गरे।
‘यही सरकारमा राम्रो तालमेल हुनुपर्छ भन्ने कुरा भएको छ। सरकारले अझ सशक्त डेलिभरि दिनुपर्छ भन्ने कुरा उठेको छ’ उनले भने ‘प्रतिपक्षले त सरकार ढल्छ भन्ने नै भयो। तर उहाँहरूले भनेकै आधारमा सरकार बन्ने वा ढल्ने हुँदैन।’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया