घण्टीघरमा शिक्षकको धर्ना
नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनअन्तर्गत आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय वनस्थलीमा धर्ना दिएको छ। शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिस डाँडामा धर्ना दिएका शिक्षकहरूले आज रास्वपा पार्टी कार्यालयमा धर्ना दिएका हुन्। शिक्षकहरूले मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा, बुधबार एमाले कार्यालयमा धर्ना दिएका थिए। दोस्रो चरणको आन्दोलनअन्तर्गत उनीहरूले चैत ५ गतेसम्म विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरेका छन्।
बिएल संवाददाता - काठमाडौं