बिएल संवाददाता
केहीदिनअघि एक अनलाइन पत्रिकाले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेको भनी प्रकाशित गरेको समाचारविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।
सर्वोच्च अदालतका नायव सुब्बा कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईंले मंगलबार ‘नेपाली पेन’ अनलाइन पत्रिकालाई विपक्षी बनाउँदै अवहेलना मुद्दा दायर गरेका हुन्।
उक्त मुद्दाको बुधबार न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको इजलासमा सुनुवाई भइसकेको छ। फैसला आउन बाँकी छ।
सोमबार उक्त अनलाइनले ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे?’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। सर्वोच्चमा मुद्दा परेपछि अनलाइनले उक्त समाचार वेबसाइटबाट हटाइसकेको छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया