बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न राष्ट्रिय परिक्षा बोर्डलाई निर्देशन दिएका छन्।
ओलीलाई भेट्न बालुवाटार पुगेका बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले परीक्षा सार्न निर्देशन दिएका हुन्।
यसअघि वैशाख ११ गते परीक्षा गर्ने बोर्डको कार्यतालिका थियो। आन्दोलनरत शिक्षकहरूले असहयोग गर्ने भएपनि बोर्डले निजामती कर्मचारीहरू परिचालन गरेर परीक्षा पूर्वनिर्धारित तालिकामै गराउने तयारी गरेको थियो।
तर, प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा परीक्षा सार्ने निर्णय भएको बोर्डका अध्यक्ष शर्माले बताएका छन्।
बोर्डले केहीबेरमै बैठक बसेर नयाँ मिति तोक्ने तयारी गरेको छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया