बिएल संवाददाता
अमेरिकाको न्युयोर्क सहरका मेयर जोहरान मम्दानीले गत साता इलिनोय राज्यस्थित एउटा हिन्दू मन्दिरमा भएको सामूहिक गोलीकाण्डको प्रयासपछि घृणाविरुद्ध एकता र ऐक्यबद्धताको आह्वान गर्दै क्विन्समा हिन्दू समुदायका सदस्यहरूसँग नवरात्री, दुर्गा पूजा, र विजयादशमी मनाएका छन्।
बुधबार (स्थानीय समय) सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मम्दानीले हिन्दू समुदायका सदस्यहरूसँग यी पर्व मनाउन र धार्मिक तथा सांस्कृतिक परम्परामा सहभागी हुन पाउँदा आफू सम्मानित महसुस गरेको बताएका छन्।
‘यस साता क्विन्समा हिन्दू न्युयोर्कवासीहरूसँग नवरात्रि, दुर्गा पूजा, दसै र विजयादशमी मनाउन पाउँदा म धन्य भएको छु। हामीले नृत्य ग¥यौँ, आरती ग¥यौँ, सिन्दूर खेला अवलोकन ग¥यौँ र देवी दुर्गाको सम्मान गर्यौँ,’ उनले भने।
मम्दानीले थपे, ‘हाम्रो सहरका विभिन्न मन्दिरहरूमा आनन्द, आस्था र सामुदायिक भावनाका साथ एकै ठाउँमा भेला हुन पाउनु सम्मानको कुरा थियो। विशेषगरी गत साता इलिनोयस्थित एउटा हिन्दू मन्दिरमा सामूहिक गोलीकाण्ड गर्ने प्रयास भएको घटनापछि यस्तो जमघटको महत्त्व अझ बढेको छ।’
घृणाविरुद्ध सामूहिक रूपमा अघि बढ्न आह्वान गर्दै मेयरले भने, ‘घृणाविरुद्ध उभिने र एकअर्काको ख्याल राख्ने हाम्रो साझा जिम्मेवारी पूरा गर्न सबै एकजुट होऔँ। जय माता की।’
देवी दुर्गा र उनका नौ स्वरूपलाई समर्पित नौ रातसम्म मनाइने हिन्दू पर्व नवरात्रि यस वर्ष अक्टोबर ११ देखि अक्टोबर १९ सम्म मनाइएको थियो भने विजयादशमी अक्टोबर २० मा परेको थियो।
यसैबीच, इलिनोयका कंग्रेस सदस्य राजा कृष्णमूर्तिले एफबीआई निर्देशक काश पटेललाई इलिनोयको अरोरा सहरस्थित श्री वेंकटेश्वर स्वामी (बालाजी)हिन्दू मन्दिरमा भएको गोली प्रहारको प्रयासलाई सम्भावित संघीय घृणाजन्य अपराधका रूपमा अनुसन्धान गर्न आग्रह गर्दै १०५ जना कंग्रेस सदस्यको नेतृत्व गरेका छन्।
अक्टोबर ११ मा घटना हुँदा कृष्णमूर्ति र उनको परिवार उक्त मन्दिरमा पूजा गरिरहेका थिए।
अभियोजनकर्ताहरूका अनुसार, १९ वर्षीय अलेक्जान्ड्रोस पापोराकिसले मन्दिरबाहिर एक व्यक्तिलाई गोली हान्ने प्रयास गरेको आरोप छ।
तर उनको राइफलमा खराबी आएपछि गोली चल्न सकेन। त्यसपछि उनले पुनः घटनास्थलमा फर्कने योजना बनाएकोबारे कुराकानी गरेको आरोप छ। उनका एक सहकर्मीले प्रहरीलाई जानकारी दिएपछि उनलाई पक्राउ गरिएको थियो।
अनुसन्धानकर्ताहरूले एउटा राइफल, सयौँ राउन्ड गोली, शरीरको सुरक्षा गर्ने कवच र श्वेत सर्वोच्चतावादी विचारधारासँग सम्बन्धित सामग्री बरामद गरेको बताइएको छ। एएनआई
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया