बिएल संवाददाता
राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बिजुलीबजार क्षेत्रमा मात्र प्रदर्शनको तयारी गरेको छ।
तर, अहिले बसेको नेताहरूको अनौपचारिक बैठकले बिजुलीबजारमा मात्रै केन्द्रित हुने निर्णय गरेको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले बताए। उनका अनुसार
बालुवाटार, भद्रकाली र नयाँबानेश्वर क्षेत्रबाट र्यालीको तयारी गरिएपनि भर्खरै बसेको राप्रपा नेताहरूको अनौपचारिक बैठकले बिजुलीबजारमा मात्रै केन्द्रीत हुने निर्णय गरेको छ।
राप्रपाका एक पदाधिकारीका अनुसार आन्दोलनमा कार्यकर्ताहरूलाई आह्वान गरिएको छैन। सीमित नेताहरू मात्र सहभागी हुने र स्वतस्फूर्त आउने कार्यकर्ताहरू मात्र सहभागी हुने बताइएको छ।
आन्दोलनको नेतृत्व राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गर्दैछन्। आन्दोलन ठूलो नहुने र निषेधित क्षेत्रमा प्रवेश गरेर सामूहिक गिरफ्तारी दिने नेताहरूको तयारी रहेको ती नेताले बताए।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया