बिएल संवाददाता
नेकपा एमालेबाट निलम्बित नेतृ विन्दा पाण्डे अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेकी छन्।
ओलीले नयाँवर्षको शुभकामना दिन नेताहरूलाई फोन घुमाउने क्रममा नेतृ पाण्डेलाई पनि फोन लगाएका थिए। नयाँवर्षको शुभकामना दिँदै ओलीले भेट्न बोलाएपछि पाण्डे बालुवाटार पुगेकी हुन्।
भेटघाटका क्रममा पाण्डेले आफूलाई निलम्बन गरिएको खबर पाएपनि हालसम्म पत्र नपाएको र निलम्बन सकिएको वा नसकिएको भन्ने विषयमा जिज्ञासा राखेकी एमालेका एक नेताले बताउँछन्।
पाण्डेले ओलीको नाममा दोस्रो तहका नेताहरूले अनावश्यक गुटबन्दी गरेको र स्वच्छ आलोचनालाई पनि नेतृत्वलाई गलत रिपोर्टिङ गरेको भन्दै दुःखेसो पोखेकी छन्। ओलीले उनको गुनासोलाई सकारात्मक रुपमा लिएका ती नेताले बताए।
ओलीको भनाइ उधृत गर्दै ती नेताले भने, ‘नयाँवर्षसँगै नयाँ ढंगले जानुपर्यो। पार्टीमा फर्किने व्यवस्था म मिलाउँछु भनेर अध्यक्षज्यूले भन्नुभएको छ।’
ती नेताका अनुसार पाण्डेले अबदेखि ओलीको विरुद्ध नबोल्ने प्रतिवद्धता गर्दै भनिन्,
‘हामीले नेतृत्वलाई बदनाम गर्ने भन्दापनि सचेत गराउन टीकाटिप्पणी गर्छौं। तपाईंकोमा आउनेहरूले गलत ढंगले रिपोर्टिङ गर्छन्।’
त्यस्तै नेताहरूले ओलीसँग भेटको वातावरण नमिलाएको भन्दै उनले गुनासो गरिन्।
टेलिभिजन र सामाजिक सञ्जालमा ओलीविरुद्ध कडा आलोचना गर्दै आएकी उनी पछिल्लो समय भने शिथिल थिइन्। केही दिनअघि मध्यरातमा ओलीविरुद्ध लेखेको स्टाटससमेत डिलिट गरेकी थिइन्।
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया