बिएल संवाददाता
बुधबार बिहान साइकलमा हिँडिरहेका एकजना कवाडी सङ्कलकलाई लछारपछार गर्ने नगरप्रहरीहरूमाथि कारबाही हुने भएको छ।
बुधबार बिहानैदेखि सामाजिक सञ्जालमा महानगर प्रहरीले लछारपछार गरेको भिडियो भाइरल भएपछि संलग्न नगरप्रहरीमाथि काठमाडौं महानगरपालिकाले कारबाही प्रक्रिया अघि बढाएको हो।
महानगरपालिकाले उक्त घटनामा संलग्न नगर प्रहरीलाई बर्खास्त गरिएको जनाएको छ। उक्त घटनामा संलग्नलाई पदमुक्त गरिएको महानगर नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन्।
काठमाडौं महानगरपालिका-४ बालुवाटार क्षेत्रमा प्रहरीले अमर्यादित तथा गैह्रव्यवसायिक ढंगले सम्पादन गरेको भन्दै जिम्मेवारीबाट मुक्त गरिएको हो।
यद्यपि महानगरले पदमुक्त गरिएका गरिएका प्रहरीको नाम र संख्या खुलाएको छैन।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया