बिएल संवाददाता
दिपेश पौडेल
पर्सा प्रहरीले कर्फ्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई पक्राउ गरेको छ।
आइतबार बिहानदेखि १० बजेसम्ममा विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
स्थानीय प्रशासनले लगाएकोकर्फ्यु उल्लंघन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले बताए।
स्थानीय प्रशासनले तोकेको आदेश विपरित कार्य गर्नेलाई तत्काल नियन्त्रणमा लिने र अटेर गर्नेलाई गोली हान्ने आदेश भएकोले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन उनले आग्रह गरे। अहिले वीरगञ्जको अवस्था सामान्य बन्दै गएको छ।
जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेसम्मका लागि कर्फ्युको समय थपेको छ।
विरगञ्जमा शनिबार भएको दुई समुदायबिचको झडपपछि धार्मिक सदभाव बिथोलिन सक्ने भन्दै स्थानीय प्रशासनले तनाव व्यवस्थापनको लागि सर्वपक्षीय बैठक पनि गरेको छ।
कर्फ्युपछि विरगंज सुनसान भएको छ। यता भारतको रक्सौल नाका हुँदै नेपाल भित्रिने यात्रुहरूकर्फ्युका कारण सीमा क्षेत्रमा अलपत्र परेका छन्।
यात्रुहरूलाई गन्तव्यमा सहज पुग्न स्थानीय प्रशासनले वैकल्पिक नाकाहरू प्रयोग गर्न सुझाएको छ।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया