बिएल संवाददाता
नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पाटी (सीपीसी)बीच पार्टीस्कुल संचालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
चीनको छोङछिङ भ्रमणमा रहेको माओवादी केन्द्रको प्रतिनिधिमण्डलले आज सीपीसीको छोङछिङ नगर कमिटीसँग पार्टी स्कुल संचालनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको हो।
समझदारीपत्रमा माओवादी केन्द्रको तर्फबाट केन्द्रीय सदस्य ओमप्रकाश पुन र सीपीसीको तर्फबाट पार्टीस्कुलका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा र सीपीसीको नेपाल र भारत हेर्ने अन्तर्राष्ट्रिय ब्यूरो १ का निर्देशक चाङ जुईछिङको उपस्थितिमिा सो हस्ताक्षर भएको हो।

समझदारीमा दुवै पक्षले पार्टी निर्माण र राज्यको शासन सञ्चालनमा पारस्परिक सिकाइ र अनुभव आदानप्रदानलाई गहिरो बनाउने प्रतिवद्धता जनाएका छन्। दुवैपक्षले पार्टी निर्माण, र क्याडर प्रशिक्षण जस्ता क्षेत्रमा हालसम्म प्राप्त व्यावहारिक उपलब्धिको माध्यमबाट आ-आफ्ना पार्टीहरूको राम्रो र छिटो विकासलाई प्रवर्द्धन गर्न सहमत भएका छन्।
यस्तै दुवै पक्षहरू पार्टी स्कूल विकासमा अनुभव आदान-प्रदानलाई सुदृढ गर्न, क्याडर शिक्षा र प्रशिक्षण प्रणाली, पाठ्यक्रम डिजाइन, संकाय विकास र शिक्षण विधि विकासमा सहकार्य गरी क्याडर शिक्षाको अन्तर्राष्ट्रियकरण र व्यावसायीकरणलाई संयुक्त रूपमा अभिवृद्धि गर्न सहमत भएका छन्।
दुवै पक्षहरूले २१औं शताब्दीमा मार्क्सवादको नयाँ विकासलाई प्रवर्द्धन गर्न, मार्क्सवादलाई स्थानीय सन्दर्भ र समकालीन आवश्यकतामा अनुकूलन गर्ने सिद्धान्त र अभ्यासमा केन्द्रित रहन साथै क्षेत्रीय समाजवादी आन्दोलन र राज्य शासन जस्ता विषयमा संयुक्त अनुसन्धान गर्न समेत सहमति जनाएका छन्।
दुवै पक्षहरू बहुतहको आदानप्रदान संयन्त्र निर्माण गर्न र उच्चस्तरीय भ्रमण, संयुक्त सेमिनार र विषयगत कार्यशालाहरू मार्फत सैद्धान्तिक आदानप्रदान, शैक्षिक संवाद र अनुभव आदानप्रदानलाई सुदृढ गर्न पनि सहमत भएका छन्।
सचिव शर्माले नेतृत्व गरेको माओवादी केन्द्रको २० सदस्यीय प्रतिनिधिमण्डल यतिबेला सीपीसी विदेश विभागको निमन्त्रणमा छोङछिङको भ्रमणमा रहेको छ।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया