रंगशालामा ओलीविरुद्ध नारा लगाउने युवा पहिले ‘माओवादी’ अहिले ‘राजावादी’
रंगशाला भित्रको माहोल फरक थियो। इटालियन लेजेन्ड गोलकिपर जियानलुइजी बुफोन केपी ओली कपको प्रमुख आकर्षण थिए। उनको समर्थनमा दर्शकहरूले ‘वुफोन-वुफोन…’ को नारा लगाइरहेका थिए। यसकैको बीचमा देखिए एक युवा- जसले प्रधानमन्त्रीको विरोधमा हुटिङ गरिरहेका थिए। उनको हुटिङले नजिक रहेका दर्शकहरूले असन्तुष्टि जनाए र उनलाई केही नगरी रंगशालाबाट निकाल्न आग्रह गरे। तर, जब यो कुरा युवा संघका कार्यकर्ताको कानमा पुग्यो- उनीहरू आफ्नो असली अवतारमा उत्रिहाले।
बिएल संवाददाता - काठमाडौं