
बिएल संवाददाता
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीको महाधिवेशन आगामी मंसिरमा हुन नसक्ने बताएका छन्।
१५औं महाधिवेशनको तयारीका लागि हुलाकी राजमार्ग केन्द्रित अभियानका क्रममा निस्केका महतले सप्तरी क्षेत्र नम्बर १ ले आयोजना गरेको नेता कार्यकर्ता भेटघाट एवम् अन्तर्क्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
उनले अहिलेसम्म कुनै तयारी नभएको र एक वर्ष थप गर्ने परम्परा अनुसार एक वर्षपछि भने महाधिवेशन गर्न सकिने उनले बताए।
उनले भने, ‘आउँदो मंसिरमा अधिवेशन हुनेवाला छैन। किनभने त्यसको तयारी नै भएको छैन। सधैं एक वर्ष त थप्ने गरेकै छ। कम्तीमा एक वर्ष त थपिन्छ।’
उनले पार्टीभित्र एकतावद्ध भएर अघि बढ्नुपर्नेमा पार्टीभित्रै नेताहरूलाई विपक्षी देख्ने प्रवृत्ति बढेकाले पार्टी कमजोर भएको बताए।
महतले भने, ‘आमनिर्वाचनमा पनि रियल विपक्षीलाई आफ्नो प्रतिस्पर्धी नदेख्ने, तर पार्टीभित्रै आफ्नैलाई चाहिँ विपक्षी देखेपछि, बरु जोसुकै आओस्, यो चाहिँ नआओस् भन्ने मानसिकता देखियो। त्यसलाई सुधार गर्नुपर्छ।’
त्यस्तै उनले आगामी महाधिवेशनमा सभापतिको तयारीमा लागेका महामन्त्री गगनकुमार थापा र अर्का वरिष्ठ नेता शेखर कोइरालातर्फ इंगित गर्दै महाधिवेशनको समय धेरै बाँकी रहेकाले अहिले नै ‘म नै सभापति हुदैछु’ हुँदै नहिँड्न सुझाव दिए।
उनले भने, ‘अहिलेदेखि नै म हो, म हो भनेर कहीँ पुगिँदैन। त्यसले विभाजनमात्र गर्छ, म यहाँ आएर मलाई समर्थन गर्ने को को हुन सक्छन् भनेर खोज्दै हिँड्न थाल्यो भने झन् कमजोर बनाउँछ। महाधिवेशनको दुईतीन महिनाअघि महाधिवेशनमा लाग्ने हो।’
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया