बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ओली सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
रुपन्देहीको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको रवैयाप्रति असन्तुष्टि जनाएका हुन्। उनले प्रधानमन्त्री र मन्त्रीहरू काम गर्न छोडेर उद्घाटन र भाषणमा केन्द्रीत भएको भन्दै असन्तुष्टि जनाए।
उनले भने, ‘यो बिँड तातेरमात्रै हुँदोरहेनछ, ताप्के ताप्नुपर्छ । ताप्के भनेको नेतृत्व प्रधानमन्त्री हो। म अहिले प्रधानमन्त्रीलाई सुझाव दिने ठाउँमा छु। सुझाव दिइरहेको छु, झकझकाइरहेको छु, मद्दत पुर्याइरहेको छु। म भनेको कांग्रेस। तर परिणाम दिने कुरामा जिम्मेवारबोध सरकारको प्रमुखसँग हुनुपर्छ। सरकारले ठीक समयमा ठीक ढंगले काम गरेको भए अहिले शिक्षकहरू सडकमा आउनुपर्ने अवस्था नै बन्दैनथ्यो। अहिले पनि केही बिग्रिएको छैन। शिक्षक साथीहरूको माग सम्बोधन गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा पठाउनुपर्नेछ।’
त्यस्तै उनले आफूहरूले सहकारी ठगहरूलाई ठेगान लगाउन विषय उठान गरेको दाबी गर्दै पीडितको बचत फिर्तामा सरकारले जोड दिनुपर्ने बताए। प्रधानमन्त्री, मन्त्रीहरू डुलेर हिँड्नुभन्दा १८/२० घण्टा काम गरेर द्रुत गतिमा परिणाम दिनुपर्ने उनले बताए।
उनले भने, ‘हामी भन्छौं, तिमी युद्धको मनोविज्ञानले १८ घण्टा काम गर, २० घण्टा काम गर कहीँ उद्घाटन र भाषण गर्न नजाऊ। प्रधानमन्त्री अहिले डुलेको देख्छु, मन्त्रीहरू घुमेको देख्छु, मैले उहाँहरूलाई अनुरोध गरिरहेको छु, तपाईंहरू डुल्ने र घुम्ने गर्न छाडिदिनुस्, काम गर्नुस्, हामी देशभर प्रचार गरेर हिँड्छौं।’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया