बिएल संवाददाता
हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ।
बिहीबार हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा भएको सिरिजको पहिलो खेलमा कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दिएको थियो।
नेपाललले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।
कुवेतविरुद्ध नेपालका ओपनर आसिफ शेखले पनि अर्धशतक पूरा गरेका थिए। आसिफले ३४ बलमा अर्धशतक पूरा गरे। अर्धशतक पूरा गरेलगत्तै ५३ रन बनाएर आउट भए। यसअघि ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका थिए।
कुशलले २६ बलमा पाँच चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् भने आशिफ शेखले ३४ बलमा चार चौका र दुई छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन्।
नेपालका लागि सोमपाल कामीले तीन विकेट, नन्दन यादवले दुई विकेट, ललित राजवंशी र कुशल भुर्तेलले एकएक विकेट हात पारे।
यस्तै, आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन्। यो खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया