बिएल संवाददाता
चीनले अमेरिका यात्रा गर्ने आफ्ना नागरिकका लागि केही सल्लाह र सुझावसहित ‘सावधानी अपनाउन’ भनेको छ।
चिनियाँ संस्कृती तथा पर्यटन मन्त्रालयले अमेरिका जाने चिनियाँका लागि ‘एड्भाइजरी’ जारी गर्दै सावधान हुन भनेको हो।
केही दिनयता अमेरिका र चीनबीच भन्सारसम्बन्धि ‘कर युद्ध’ चलिरहेको छ।
‘चीन-अमेरिकाको आर्थिक तथा ब्यापारिक सम्बन्धमा आएको तनाव तथा अमेरिकाको घरेलु सुरक्षाका अवस्थाका कारण अमेरिका यात्रा गर्दा हुने जोखिमहरूको मूल्याङ्कन गर्न सावधानीपूर्वक यात्रा गर्न चिनियाँ नागरिकलाई स्मरण गराउन चाहन्छौं’ मन्त्रालयले भनेको छ।
अमेरिकाले लगातार भन्सार करमा वृद्धि गर्दै चीनले अमेरिका निर्यात गर्ने सामग्रीमा १२५ प्रतिशतसम्म कर लगाउने घोषणा गरेको छ। तर अरु देशका लागि भने कम्तीमा ९० दिनसम्म कर स्थगितको घोषणा पनि अमेरिकाले गरेको छ।
योबीचमा चीनले पनि अमेरिकी सामग्रीहरूमा ८४ प्रतिशत कर पुर्याएर ‘अन्तिम अवस्थासम्म लड्ने र अमेरिकासँग नझुक्ने’ चेतावनी दिएको छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया