बिएल संवाददाता
नेपाल एकता पार्टीले चैत १५ गतेको तीनकुने घटनामा सरकारले मानवअधिकार विरुद्धको अपराध गरेको भन्दै राष्ट्रिय मावअधिकार आयोगमा निवेदन दिएको छ।
मंगलबार पार्टीले बुझाएको निवेदनमा मानवअधिकारको रक्षा गर्नु आयोगको संवैधानिक कर्तव्य भएको स्मरण गराइएको छ।
पार्टीका प्रवक्ता उज्वल घिमिरेले हस्ताक्षर गरेको निवेदनमा भनिएको छ, ‘राष्ट्रिय मानव अधिकार आयोग जस्तो संवैधानिक र कानूनी हैसियत प्राप्त निकायबाट नेपालको संविधान, नेपाल पक्ष भएका मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिसम्झौताको रोहबाट निष्पक्ष छानविन गरी सत्यतथ्य जानकारी पाउने आम नागरिकको नैसर्गिकता संरक्षण गर्नु, पीडितलाई क्षतिपूर्ति दिलाउनु तथा दोषी उपर कारवाहीको सिफारिस गर्नु त्यस सम्मानित आयोगको संवैधानिक कर्तव्य स्मरण गराउदै आस्थाका बन्दीलाई तत्काल रिहा गरी आजका मितिले ७ दिन भित्र विश्वासयोग्य छानविनको प्रक्रिया थालनी गरिपाउन सादर निवेदन गरिन्छ। नगरिएको अवस्थामा संलय तथा सम्मानित आयोग बिरुद्द अन्तराष्ट्रिय क्षेत्र (१९३ देश तथा अन्तराष्ट्रिय मानव अधिकार आयोग तथा नियोग) मा व्यक्तिपरक पत्राचार गरिने व्यहोरा समेत जानकारी गराउदै मिति २०८१|१२|१५ गते तिनकुनेमा भएको युद्द अपराध, शान्तिविरुद्द अपराध र मानवता विरुद्दको अपराधको छानविन गरी दोषी उपर अनुसन्धान र अभियोजनको सिफारिस गरि पाउँ।’
यस्तो छ निवेदन-


अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया