बिएल संवाददाता
काठमाडौंको बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको खबरदारी सभामा घुसपैठ गरेको आरोपमा चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
राप्रपाको विरोध सभामा अवाञ्छित गतिविधि गरेको आशंकापछि राप्रपाकै स्वयंसेवकले उनीहरूलाई पक्राउ गरेर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्।
पक्राउ पर्नेमा दाङको घोराही नगरपालिका-४ का ४२ वर्षीय भरत वली, धादिङ रुविभ्यालीका ३० वर्षीय रमेश लामा, रामेछापको मन्थलीका १८ वर्षीय सुवास खड्का र नवलपुरका २७ वर्षीय रञ्जित क्षेत्री छन्। खड्का बल्खुमा र अरु तीनजना कीर्तिपुरमा बस्दै आएका छन्।
उनीहरूलाई प्रहरी वृत्त कालिमाटीमा राखिएको प्रहरीले बताएको छ। उनीहरूले आफूहरू कुनै पनि दलमा आवद्ध नरहेको दाबी गरेका छन्।
प्रहरीले उनीहरूमाथि अनुसन्धान थालिसकेको छ। घुसपैठको आरोपमा पक्राउ पर्नेहरूको संख्या अझै बढ्न पनि सक्ने प्रहरीको अनुमान छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया