बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राप्रपाले बल्खुमा गरेको खबरदारी सभाले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको पुष्टि भएको व्यंग्य गरेका छन्।
कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राप्रपाले लाखौं मान्छे ल्याउने अनुमान गरिएपनि उनीहरू आफ्नै कारण नांगिएको टिप्पणी गरे।
उनले भने, ‘आज कति मान्छे जुटाउलान् बल्खुमा भन्ने लागेको थियो । ७ हजार मान्छे ल्याए रे ! तपाईंहरू पनि हेर्नुहोला। राजेन्द्र लिङ्देनले राप्रपाले बल्खुमा अहिले जम्मा गरे रे ! प्रतिस्पर्धामा हामीले ६० हजार मान्छे ल्याएका थियौं भने उनीहरूले डेढ-दुई लाख मान्छे ल्याउँछन् कि भन्ने लागेको थियो सकेनन्। जनता हाम्रो साथमा छन्।’
नेपालले राजावादीहरूले आफ्नो पार्टी कार्यालयमा आक्रमण गरेर यसअघि नै नांगिसकेको टिप्पणी गरे। आजको प्रदर्शनले राप्रपाको स्वरुप देखिएको उनको भनाइ छ।
नेपाल भन्छन्, ‘उनीहरूले आफ्नो वास्तविक स्वरूप देखाए राम्रै भयो। आफ्नै व्यवहारले गर्दा नांगिए। नकारात्मक सन्देश दियो। हाम्रो पार्टीमाथि आक्रमण गरे। आगो लगाए, कम्युटर, प्रिन्टर, पंखा चोरेर भागे। मेरो घरमा पनि आक्रमण गरे। तोडफोड र आक्रमणमा उत्रिएपछि तीनिहरू नांगिएका छन्।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया